संक्षिप्त परिचय
नेपाल सरकारले नेपालको संविधान, २०७२ बमोजिम स्थानीय निकायहरुको पुनर्संरचनाको लागि गठन गरेको उच्चस्तरीय आयोगको २०७३ पुष २२ गतेको प्रतिवेदनलाई आधार लिई मिति २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय गरेको हो । जस अनुसार सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अबस्थित साबिक कुशेश्वोर दुम्जा , झागाझोली रातमाटा , पुरानो झागाझोली, सित्तलपाटी र मझुवा ५ गा.वि.स. समेटी रथापना गरिएको क्षेत्र नै सुनकोशी गाउँपालिका हो । यस गाउँपालिकाको नामाकरण नेपालको प्रसिद्ध ठुलो नदि सप्तकोशीको सहायक नदि सुनकोशीलाई आधार मानी गरिएको छ । पूर्वमा गोलान्जोर गाउँपालिकाको सीमा क्षेत्र, पश्चिममा काभ्रे जिल्लाको रोशी गाउँपालिका, उत्तरमा रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका र दक्षिणमा घ्याँग्लेख गाउपालिका र कमलामाई नगरपालिका सीमा क्षेत्र फैलीएको यस गाउँपालिकाको भौगालिक कुल क्षेत्रफल १५४.६८ बर्ग कि.मि. र वडा सङ्ख्या ७ रहेको छ । भौगालिक धरातलीय रुपमा ससाना टार देखि खोला खोल्सी, अग्लो होचो डाँडा काँडा हुदै महाभारत शृंखला सम्मको भूभाग रहेको छ । यस गाउँपालिकाको विभिन्न भागबाट खोला नालाहरु भागी सुनकोशी नदीमा समाहित भएका छन l तिनै खोलानालाहरुलाई आधार मानि वडाहरुको प्राय सिमांकन कायम भएको छ । यहाको हावापानी नेपालको हिमाल पहाड तराइ जस्तै तिन प्रकारको रहेको पाइन्छ l यस गाउँपालिका २७.४१८१ डिग्री उतर अक्षरंश र ८५.८६७५ डिग्री पुर्व देशान्तरमा रहेको छ l
वडा नं – १
नेपाल सरकारले नेपालको संविधान, २०७२ बमोजिम स्थानीय निकायहरुको पुनर्संरचनाको लागि गठन गरेको उच्चस्तरीय आयोगको २०७३ पुष २२ गतेको प्रतिवेदनलाई आधार लिई मिति २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय गरेको हो । जस अनुसार सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अबस्थित साबिक कुशेश्वोर दुम्जा , झागाझोली रातमाटा , पुरानो झागाझोली, सित्तलपाटी र मझुवा ५ गा.वि.स. समेटी रथापना गरिएको क्षेत्र नै सुनकोशी गाउँपालिका हो । यस गाउँपालिकाको नामाकरण नेपालको प्रसिद्ध ठुलो नदि सप्तकोशीको सहायक नदि सुनकोशीलाई आधार मानी गरिएको छ । पूर्वमा गोलान्जोर गाउँपालिकाको सीमा क्षेत्र, पश्चिममा काभ्रे जिल्लाको रोशी गाउँपालिका, उत्तरमा रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका र दक्षिणमा घ्याँग्लेख गाउपालिका र कमलामाई नगरपालिका सीमा क्षेत्र फैलीएको यस गाउँपालिकाको भौगालिक कुल क्षेत्रफल १५४.६८ बर्ग कि.मि. र वडा सङ्ख्या ७ रहेको छ । भौगालिक धरातलीय रुपमा ससाना टार देखि खोला खोल्सी, अग्लो होचो डाँडा काँडा हुदै महाभारत शृंखला सम्मको भूभाग रहेको छ । यस गाउँपालिकाको विभिन्न भागबाट खोला नालाहरु भागी सुनकोशी नदीमा समाहित भएका छन l तिनै खोलानालाहरुलाई आधार मानि वडाहरुको प्राय सिमांकन कायम भएको छ ।
वडा नं – २
साविककाे कुशेश्वर दुम्जा गाउँ विकास समितिकै वडा १, ६, ७ र ८ मिलाएर सुनकाेसी गाउँपालिका वडा नम्बर २ बनाइएकाे हाे । महाभारतका धेरै भाग र बेसीका केही भाग मिलाएर वडा २ बनाइएकाे छ । बीपी राजमार्ग समेतले याे वडालाइ छाेएकाे छ । बीपी राजमार्गकाे दुम्जाबाट लालबन्दी जाेड्रने सडक वडा नम्बर २ का गाउँ हुँदै गएकाे भए पनि याे सडक पक्की हुन सकेकाे छैन । जसले गर्दा यातायात असुविधा कायमै छ ।
लाेपाेन्मुख जातीका रूपमा रहेका हायूकाे बसाेबास याे वडामा छ । जुनार तथा सुन्तला खेती, किबी र तरकारीका रैथाने बालीकाे प्रसस्त खेती याे वडामा हुन्छ । यहि वडाकाे महाभारत क्षेत्रमा जलकुण्डल माइकाे थान छ । साे थानमा मन्दिर बनाइएकाे छ । याे मन्दिर नजिकै महाभारतकाे पटारमा रहस्यमय गुफा समेत छ । तथापि, याे गुफाकाे अध्ययन हुन सकेकाे छैन ।
याे वडामा एउटा प्रस्तावित पञ्चकन्या माध्यमिक विद्यालय छ । मगर जातिकाे घना बसाेबास याे वडामा मगर संस्कृति, हायू भाषा संरक्षणकाे प्रयास भइरहेकाे छ ।
याे वडाकाे धेरैजसाे भूभाग लेक भेगमा रहेकाले केही दूर्गम छ । लेकमा स्थानीय हाेटल छन । याे क्षेत्रमा घरबासकाे सम्भावना छ । याे क्षेत्रमा बुद्धचित्त मालाकाे खेती बढ्दाे छ । जसले गर्दा समाजमा सुरक्षा चिन्ता बढाएकाे छ ।
वडा नं – ३
साविककाे झाँगाझाेली गाउँ विकास समिति नै सुनकाेसी गाउँपालिकाकाे वडा नम्बर ३ हाे । सुनकाेसी गढतिरकाे याे वडामा गुठबजार र रातमाटाजस्ता पुराना बजार छन । याे वडामा
प्रतापेश्वर, गणेशथान, राम मन्दिरलगायत भाजुमान पाटी, शंख पिपल पाटी, राममन्दिर प्रवेशद्वारकाे सत्तल, प्रतापेश्वर मन्दिर नजिकैकाे पाटीसहित रातमाटा बजारका पानी पाैवाजस्ता सम्पदा छन । तिनकाे संरक्षण पुरातात्त्तविक हिसावले गरिनु पर्दछ । यिनैका संरक्षण र प्रवर्धनले पर्यटन विकास गर्न सकिने सम्भावना छ ।
चार दशकदेखि तरकारी उत्पादनमा अब्बल कालीमाटी यहि वडामा पर्दछ । यहाँ दूध पनि प्रसस्त उत्पादन हुन्छ । यहाँ शताब्दी पुरानाे कृष्णप्रणामी धार्मिक सम्प्रदायकाे मन्दिर छ । २०३५/०३६ सालतिर यहाँकाे घिम्ले खाेलामा पानी मिल स्थापना गरिएकाे थियाे । यस वडामा प्रहरी चाैकी, प्रगतिशील माध्यमिक विद्यालय, गुठबजार माध्यमिक विद्यालय छन ।
वडा नं – ४
साविककाे झाँगाझाेली गाउँ विकास समितिका माथिल्ला भेगटलाइ समेटेर सुनकाेसी गाउँपालिकाकाे वडा नम्बर ४ बनाइएकाे छ । याे क्षेत्र महाभारत लेक र त्यस मुनीका क्षेत्र पर्दछ । राणााकालीन समयमा रणनीतिक महत्वकाे काेटगाउँ छ । यहाँकाे सिद्धबाबा मन्दिरलगायत लेकाली रमणीय वस्ती छन । तरकारी खेती र बुद्धचित्त मालाकाे खेतीमा याे क्षेत्र अग्रसर हुँदैछ । यस वडाले बीपी राजमार्गमा पहुँच छैन । त्यसैले यातायात अवसुविधा छ । तथापि, महाभारत डाँडैडाँडा निर्माण हुँदै गरेकाे सडक यसै वडा हुँदै दुम्जातिर लैजाने याेजना अघि बढ्दै छ । यस वडामा एउटा माध्यमिक विद्यालय छ ।
Read More…
वडा नं – ५
साविककाे पुरानाे झाँगाझाेली गाउँ विकास समिति नै सुनकाेसी गाउँपालिकाकाे वडा नम्बर ५ हाे । याे वडामा बीपी राजमार्गकाे पहुँच छ । हाेटल व्यवसायमा फस्टाउँदै गरेकाे मुल्काेट, रामटारजस्ता क्षेत्र यसै वडामा पर्छ । यस वडामा गणेश माध्यमिक विद्यालय छ । गाउँपालिकाकाे प्रशासकीय भवन यसै वडामा छ ।
मुकुटेश्वरी देवी, बालमिकेश्वर महादेव, सेतीदेवी, बाेटानिकल गार्डेन, शहिद पार्कजस्ता स्थल छन । चन्द्रशेखर दाहालले बनाएकाे पाटी यहिँ छ। पूर्वी नेपालबाट काठमाडाैँ पुग्ने पैदल मार्गमा मजिनीपानी भन्ने ठाउँ छ । यहाँ निकै चिसाे र मीठाे पानीकाे धारा छ । याे बाटाे हुँदै यात्रा गर्ने बटुवाले याे धाराकाे पानी नपिएकाे सायदै हाेला ।
याे वडामा बीपी राजमार्गकाे अलि लामाे क्षेत्र पर्दछ । जसले गर्दा हाेटल व्यवसाय फस्टाएकाे पाइन्छ ।
माओवादी युद्धका क्रममा पुरानो झाँगाझोलीबाट १७ जनाले ज्यान दिएका थिए । उनीहरुकै सम्झनामा शालीक राखी शहिद पार्क निर्माण गरिएको छ ।
सुनकोसीको गढतिर क्षेत्र भएका अत्यधिक गर्मी हुने र गाउँबेसी गर्नुपर्ने पुरानो समयका कारण चौतारी र पोखरीको संख्या अत्यधिक छ । तिनको संरक्षण गरी पर्यटन विकासका क्षेत्रमा काम गर्न सकिन्छ । साविकको पुरानो झाँगाझोलीमा राजबृक्षको बोट जंगली अवस्थामा ज्यादै पाइन्छ । औषधीय गुण र सौन्दर्यका हिसावले ज्यादै राम्रो राजबृक्षको संरक्षण गर्नु आवश्यक देखिन्छ ।
बन्दिपुरका प्राकृतिक बोझे पोखरी, त्यहाँको रैथाने आलु र त्यहाँबाट देखिने हिमाली हिमशृंखलाले पर्यटक आकर्षित बनाउने छ । त्यहाँका पोखरी, माने, झञ्ज्यागको संरक्षण आवश्यक छ ।
—
वडा नं – ६
साविकको सितलपाटी गाउँ विकास समिति नै सुनकोसी गाउँपालिकाको वडा नम्बर ६ हो । बीपी राजमार्ग यहि वडा हुँदै गएको छ । सित्तलपाटी, पौवा, मालेपाटी, चैनपुर पाटी, खाल्टे पाटी, कप्तान खड्गबहादुर कार्कीले बनाएको कप्तान सत्तललगायत ऐतिहासिक सम्पदा यस वडामा छन । बीपी राजमार्गकै सुन्दर ठाउँमा पर्ने चैनपुरको रातामाटोकोे नांगो टारलाई पर्यटनका क्षेत्रमा लगाउन सकिन्छ । यसरी लगाउँदा व्यापारिको कब्जामा नभइ नागरिकको सहभागितामा गर्न सकिन्छ । यस वडामा चौतारी प्रसस्त छन । पानी पोखरी पनि छन । तिनको संरक्षण अति आवश्यक भइसकेको छ । सुनकोसी मरिण डाइभसृनको प्रभावित वडा समेत हो । यसले माझी जातिको नदी संस्कृतिमा प्रभाव पार्ने देखिन्छ । नदीसँग गाँसिएका माझी जातिको जनजीवन, जिविका र संस्कृति संरक्षण गरी पर्यटन विकासका क्षेत्रमा काम गर्न सकिन्छ । यस वडामा सोल्थुम गणेश प्रख्यात मन्दिर छ । तथापि, यहाँ लाग्ने जात्रा अहिले लोप भइसकेको छ ।
याे वडामा दीर्घप्रदीप माध्यमिक विद्यालय, ग्रामकाली माध्यमिक विद्यालय, आत्मीय सामुदायिक अस्पताल छन ।
वडा नं – ७
साविकको मझुवा गाउँ विकास समिति नै सुनकोसी गाउँपालिकाको वडा नम्बर ७ हो । यो वडाका धेरै भूभाग महाभारत लेख आसपास भए पनि थोरै क्षेत्र बीपी राजमार्गलाई छोएको छ । सुनकोसी मरिण डाइभर्सनको मुख्य काम यसै वडामा भइरहेको छ । यस वडामा एक माध्यमिक विद्यालय छ । नागी, मतानबास, चालिसे, मझुवा, गैरी मझुवा, गाउँखर्कजस्ता रमणीय स्थान छन । योवडामा सिन्धुलीगढीहुँदै पक्की सडकसमेत निर्माण भइसकेकाले यातायात सुगम छ । यो वडामा पर्यटकीय सम्भावना ज्यादै नै छ । खासगरी कृषि पर्यटन । माथिल्लो भेगका बोझे पोखरी मासिने क्रम बढ्दै छ । गोल्मेराजा र गोल्मेरानी नुहानउने पोखरी पुरिसकेको अवस्था छ । यहाँ गोल्मे राजाको दरबार थियो पनि भनिन्छ । यसको खोजी आवश्यक छ । सिन्धुलीगढी युद्धमा गोर्खाली सेनाले प्रयोग गरेका किल्ला, कुवा यस क्षेत्रको महाभारतमा रहेको भनिन्छ । यसको खोजी आवश्यक छ । नागी, मझुवा क्षेत्रमा तरकारी खेती गरिन्छ । यसको बजार सिन्धुलीमाढीमा हुँदै आएको छ ।
Read More…
सुनकोशी सम्पदा मार्ग

सुनकोसी गढतिरका ऐतिहासिक महत्वका दुई पाटीलाई यो पदमार्गले जोड्ने छ । सित्तलपाटीबाट सुरु हुने यो सम्पदा पदमार्ग रातोमाटे टार, चैनपुर, मालेपाटी तिनखोप्रे भएर खहरेखोला चौतारमा पुगेर टुंगिने छ । करिव तीन किलोमिटर दुरीको यो पदमार्गको बिचमा चैनपुर पाटी र कप्तान सत्तलको समेत अवलोकन गर्न सकिन्छ । माझी, क्षेत्री जातिको जनजीवन, रहरसहन, संस्कृति समेत अवलोकन गर्न सकिने छ । सुनकोसीको तिरैतिर, बीपी राजमार्गको आसपास हुँदै प्रस्ताव गरिएको यो पदमार्गले खासगरी ऐतिहासिक सम्पदा अवलोकन, अध्ययन गर्न सघाउने छ । यो मार्ग सुनकोसी गाउँपालिकाको वडा नम्बर ६ मा पर्दछ ।

