वीरेन्द्रनगर नेपालको कर्णाली प्रान्तको सुर्खेत जिल्लाको एक सहर हो। फेब्रुअरी २०१ ८ मा, शहर कर्नाली प्रान्तको राजधानी भयो। २०११ जनगणनामा शहरको जनसंख्या १२,०२९ घरहरूमा, ४७,९१४ थियो। १९९१ को नेपाल जनगणनाको समय यसको जनसंख्या २२,९३७ व्यक्ति थिए जसमा ४७७३ व्यक्तिगत घरमा बस्ने गर्दथे। शहर सुर्खेत उपत्यकामा अवस्थित छ। वीरेन्द्रनगरलाई दिवंगत राजा वीरेन्द्रको सम्मानमा नाम दिइएको छ जसले यस योजनालाई नेपालको पहिलो योजनाबद्ध शहरको रूपमा स्थापित गर्नुभयो।वीरेन्द्रनगर उपत्यकामा अवस्थित छ र पहाडहरूले घेरिएको छ।
बिरेन्द्रनगरको मुख्य क्षेत्रहरु:
लाटीकोइली शिव मन्दिर
वीरेन्द्रनगर नगरपालिका ६ को पिपलचौतारामा यो मन्दिर रहेको छ । मन्दिर रहेको थुम्कोलाई मञ्च पनि भन्ने गरिन्छ । राजा वीरेन्द्र सुर्खेत आउँदा सोही स्थानमा मञ्च बनाइएको थियो । सोही खाली जग्गामा स्थानीयको प्रयत्नमा मन्दिर स्थापना गरिएको हो । मन्दिरको १० कठ्ठा १२ धूर जग्गा रहेको छ । २०५२ स्थापना भएको मन्दिरमा राम, सीता र हनुमानको मूर्ति रहेको छ । विवाह, ब्रतबन्धजस्ता कार्यका लागि मण्डप समेत छ । ५५ सालमा निर्माण सम्पन्न भएको प्यागोडा शैलीको तीन तले सिमेन्टबाट बनाइएको मन्दिर शहरको बीच क्षेत्रमा रहेको छ । मन्दिरका पुजारी महेन्द्रप्रसाद उपाध्याय रिजालले नियमित पूजा चलाइरहनुभएको छ ।
काँक्रेबिहार
सुर्खेत उपत्यकाको लाटीकोईली जंगलभित्र शिखर शैलीमा निर्मित ऐतिहासिक पुरातात्विक सम्पदाको रुपमा काँक्रेविहार रहेको छ । यो बौद्ध बिहार नेपालकै महत्वपूर्ण सम्पदाको रुपमा लिइन्छ । लुम्बिनीपछिको महत्वपूर्ण बौद्ध तीर्थको गन्तव्यको रुपमा काँक्रेविहारलाई विकास गर्न सकिने सम्भावना छ । वीरेन्द्रनगरको मंगलगढीचोकबाट तीन किलोमिटर दक्षिणतर्फ धार्मिक, साँस्कृतिक, पुरातात्विक सम्पदाको धरोहरका रुपमा काँक्रेबिहार छ । साल र सल्लाको जंगल रहेको काँक्रेबिहार इतिहास, धर्म र संस्कृतिको जिवन्त दस्तावेज समेत बनेको छ । सो विहारको संरक्षणको प्रयत्न पनि थालिएको छ ।
मंगलगढी देवी
जुम्ला सडक नजिकै सैनिक आवासीय महाविद्यालयको परिसरभित्र रहेको महत्वपूर्ण ऐतिहासिक गढीको रुपमा मंगलगढी रहेको छ । सो गढीमा करिव अढाई फिट अग्लो शीरविनाको देवीको मूर्ति रहेको छ । २०७० सालमा मन्दिरको जीर्णोद्वार गर्दा गढीको निकै पुरानो ढुंगे संघार फेला परेको थियो । सो स्थानमा उत्खनन् गर्ने हो भने गढीका ऐतिहासिक तथ्य प्रमाणहरु थप फेला पर्न सक्छन् । वरिपरी पानीको पोखरीले घेरिएको सानो यो गढी निकै मनमोहकसमेत छ । यो गढीको ऐतिहासिक तथ्यहरुको खोजीगरी सुर्खेतकै निकै महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिन्छ ।
गंगामाता देउती वज्यै
हिन्दू धर्मालम्बीहरुको प्रसिद्ध धार्मिकस्थलमध्ये देउती बज्यै पनि एक हो । सुर्खेतमा रहेको यो धार्मिकस्थल साविकको लटिकोइली गाविसमा पर्दछ । भेरी नदीमा माछा मार्ने क्रममा राजी जातिले भेटेको किम्बदन्ती रहेको देउती बज्यैको पुजारीसमेत राजी जातिकै रहेको पाइन्छ । देउती बज्यैको मूल मन्दिर काँक्रेबिहार नजिकै पातलगंगा नदी किनारमा छ । यद्यपि, बजार क्षेत्र नजिकै रहेको पिपरामा देउती बज्यैको नयाँ मन्दिर स्थापना गरिएपछि मूल मन्दिर ओझलमा परेको छ । हरेक शनिबार मूल मन्दिरमा समेत पूजा हुँदै आएको पाइन्छ । गंगामाला देउती बज्यैको मूल थलो ओझलमा परेकोमा स्थानीयको गुनासो छ ।
घन्टा घर
सुर्खेतको पहिचानको रुपमा घण्टाघर रहेको छ । जापान सरकारको सहयोग प्रयोग निर्मित घण्टाघर आधुनिक कलाशैलीमा बनेको छ । वीरेन्द्रनगर शहरको बीच भागमा अवस्थित छ घण्टाघर वरपर सानो तर सफा पार्क समेत छ । घण्टाघर क्षेत्रमा खुला स्थान धेरै भएकाले सार्वजनिक कार्यक्रमहरु पनि धेरै हुने गरेको पाइन्छ । घण्टाघरको वरिपरि तरकारी, फलफूल र स्थानीय अन्य उत्पादनहरू जस्तैः काफल, ऐँसेलु, आरुबखडा, टिम्मुर र घरेलु उत्पादनहरू बेच्न राखेको पाइन्छ ।
रामजानकी मन्दिर
वीरेन्द्रनगर नगरपालिका ६ को पिपलचौतारामा यो मन्दिर रहेको छ । मन्दिर रहेको थुम्कोलाई मञ्च पनि भन्ने गरिन्छ । राजा वीरेन्द्र सुर्खेत आउँदा सोही स्थानमा मञ्च बनाइएको थियो । सोही खाली जग्गामा स्थानीयको प्रयत्नमा मन्दिर स्थापना गरिएको हो । मन्दिरको १० कठ्ठा १२ धूर जग्गा रहेको छ । २०५२ स्थापना भएको मन्दिरमा राम, सीता र हनुमानको मूर्ति रहेको छ । विवाह, ब्रतबन्धजस्ता कार्यका लागि मण्डप समेत छ । ५५ सालमा निर्माण सम्पन्न भएको प्यागोडा शैलीको तीन तले सिमेन्टबाट बनाइएको मन्दिर शहरको बीच क्षेत्रमा रहेको छ । मन्दिरका पुजारी महेन्द्रप्रसाद उपाध्याय रिजालले नियमित पूजा चलाइरहनुभएको छ ।
जलेश्वर-उत्तरगंगा
उत्तरगंगा÷जलेश्वर धाम हिन्दू धर्ममा उत्तरतर्फ बग्ने नदीलाई पवित्र गंगाको रुपमा पुजिन्छ । वीरेन्द्रनगर ३ मा रहेको उत्तरगंगा पनि प्रख्यात धामको रुपमा रहेको छ । दैलेखको श्रीस्थानमा पूजा गरेको जौ तिल यहाँ निस्कन्छ भन्ने जनविश्वास समेत रहेको पाइयो । सोही स्थानको नामबाट यसअघि उत्तरगंगा गाविस समेत नामाकरण भएको थियो । उत्तरगंगाको विषयमा योगी नरहरीनाथले विस्तृत रुपमा आध्यात्मिक महत्वबारे चर्चा गर्नुभएको छ । सो स्थानमा २०४५ सालमा योगी नरहरीनाथले कोटीहोम लगाउनुभएपछि उत्तरगंगाबारे बढी चर्चामा आएको पाइन्छ । उत्तरगंगामा सानो बुलबुलेबाट निस्किएको पानी उत्तर तर्फ बगेको पाइन्छ । यहाँ पानीको मुहान ट्याङ्की बनाएर संरक्षणसमेत गरिएको छ । सो स्थानमा २०६७ सालमा प्यागोडा शैलीको तीन तले जलेश्वर महादेव मन्दिर समेत निर्माण गरिएको छ । सोही स्थानमा ४४ सालमा स्थापित शीलामा रामेश्वर महादेव भनेर पनि लेखिएको छ ।
नेपाली सुन्नी जामे मस्जिद
वीरेन्द्रनगरमा सुन्नी मुस्लिम समुदायको मस्जिद रहेको छ । वीरेन्द्रनगर ६ पुल्चोकमा २०५७ सालमा स्थापना गरिएको नेपाली सुन्नी जामे मस्जिदको प्रमुख व्यक्तिको रुपमा मोस्तकिम खाँ हुनुहुन्छ । सोही मस्जिदमा पाँच कक्षासम्म अध्यापन हुने मदरसा (फैजुल उलूम आधारभूत विद्यालय) समेत रहेको छ । तीन कठ्ठा क्षेत्रफलमा मस्जिद र मदरसा फैलिएको छ । मस्जिदमा दैनिकजसो प्रार्थना हुने गरेको छ ।
दुर्गा मन्दिर
सुर्खेत उपत्यकाको पश्चिमी सीमामा रहेको दुर्गा मन्दिर भएको स्थानमा पहिला त्रिपुरेश्वर विद्यालय रहेको थियो । सो विद्यालय अन्यत्र स्थानान्तरण भएपछि खाली रहेको थुम्कोमा कालुराम टमाटाले दुर्गा मन्दिर स्थापना गरेको स्थानीय प्रजापति थानीले जानकारी दिए । यद्यपि, सो मन्दिर कहिले स्थापना भएको भन्ने जानकारी दिने कुनै शीलालेख प्राप्त हुन सकेन । सानो मन्दिरको ठाउँमा अहिले तीन तले आकर्षक मन्दिर निर्माण भइरहेको छ । मन्दिरको नाममा १३ कठ्ठा जग्गा रहेको छ । वीरेन्द्रनगर २ बाङ्गेसिमलमा रहेको सो स्थान केही उँचो भएकाले गर्मीमा सित्तल ताप्न स्थानीय जेष्ठ नागरिक आउने गरेको पाइयो । मन्दिर वरपर रक्तचन्दन, श्रीखण्ड, चिउरी, आँप, अम्बा, हर्रो, बर्रो, अमलालगायत विरुवा लगाइएका छन् ।
भैरव मन्दिर
पहाडबाट झरेर सुर्खेतमा बस्ती बस्न थालेपछि २४ सालतिर बरको बोटको फेदमा भैरव र गणेश स्थापना भएको पाइन्छ । वीरेन्द्रनगर नगरपालिका ४ मा रहेको सो मन्दिरमा टुक्रिएको अवस्थाको पाषाण मूर्तिको एउटा टुक्रा समेत पाइएको छ । वरको निकै बूढो रुखको छहारीमा चिटिक्क परेको सानो मन्दिर छ । मन्दिरको सात धूर जग्गा रहेको छ । यो मन्दिर एकजना विदेशीले बनाइदिएको स्थानीयले बताए ।
अँधेरी गुफा
वीरेन्द्रनगर ९ को धर्मपुर गाउँबाट १५ मिनेट उकालो चढेपछि प्राकृतिक अँधेरी गुफा पुग्न सकिन्छ । २०७२ सालमा पत्ता लागेको अँधेरी गुफाको मुख सानो र ठाडो झर्नुपर्ने भएकाले एक्लै जानु ठिक हुँदैन । गुफाभित्र चमेराको बाससमेत रहेको छ । गुफाभित्र विभिन्न देवीदेवताको आकार आउनेखालका कलात्मक दृश्य देख्न सकिन्छ । नौलो सुधार सामुदायिक वन क्षेत्रभित्र रहेको गुफाको प्रवेशद्वारमा रहेको ठूलो शीलामा शिव पार्वतीको मूर्ति कुँदिएको छ । सालैसालको जंगल र थाकलको घारी रहेको वन क्षेत्रमा मृग, बँदेल, घोरल, बाँदर, चितुवा, भालु र दुम्सी प्रसस्त मात्रामा पाइन्छ । वीरेन्द्रनगरको मंगलगढी चोकबाट ५.२ किलोमिटरको दुरीमा अँधेरी गुफा रहेको छ ।
पातलगंगा
काँक्रेविहारको नजिकै पातलगंगाको रुपमा प्रख्यात स्थान छ । खासगरी थारु जातिको बसोबास रहेको पातलगंगामा पानीको मूलको रुपमा बुलबुल रहेको छ । पानीको बुलबुललाइ ट्याङ्कीमा जम्मा गरिएको छ । ट्याङ्कीबाट धारा निकालिएको छ । त्यो पानी सो क्षेत्रको कृषि प्रयोजनमा प्रयोग गरिन्छ । स्थानीय जीतबहादुर चौधरीका अनुसार, माघीको बेलामा पातलगंगामा नुहाएर गणेशको आरधना गरे छोराछोरी प्राप्त हुने जनविश्वास रहेको छ । वीरेन्द्रनगर ९ मा रहेको पातलगंगाको छेवैमा चौधरी समुदायले पुज्दैआएको गणेश थानसमेत रहेको छ । करिव दुई फिटको गणेशको पाषाण मूर्ति रहेको छ ।
कर्णाली प्रदेशका केहि भिडिओहरु
थप जानकारीकोलागि Karnali.net मा किलिक गर्नुहोस् ।