Let’s Build Your City

Sustainable Environment

Types of Community Forests and its Use for Livelihood in Bagnaskali Rural Municipality

July 3, 2022

पाल्पा जिल्लामा दश वटा पालिका  छन् । पाल्पा जिल्लाको सदरमुकाम तानसेनबाट सात किलोमिटर उत्तर पूर्वमा रहेको वगनासकालीमा नौ वटा वडा रहेका छन् । साविकका नौँ वटा गाउँ विकास समितिलाई समावेश गरी बगनासकाली गाउँपालिका नामाकरण गरिएको हो । गाउँपालिकाको केन्द्र चिर्तुगधारामा रहेको छ । गाउँपालिकाको पूर्वमा रम्भा गाउँपालिका, पश्चिममा तानसेन नगरपालिका, उत्तरमा कालीगण्डकी नदी र दक्षिणमा माथागढी गाउँपालिका पर्दछ । गाउँपालिकामा २१ हजार ३६१ रहेको छ । ८४.१६ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सो गाउँपालिकामा खेतीयोग्य जमिनः ४५५¸ घरपरिवार पाँच हजार २५२¸ सामुदायिक विध्यालयः ३० वटा, आधारभूत २० र माध्यमिक १००¸ संस्थागत विध्यालयः ७ वटा¸ स्वास्थ्य संस्थाः ११ वटा¸ वडा कार्यालयः ९ वटा¸ कृषि सेवा केन्द्रः २ वटा¸ पशु सेवा केन्द्रः २ वटा रहेका छन् ।

धार्मिक¸ ऐतिहासिक¸ पर्यटकीय तथा महत्त्वपूर्ण स्थलका रुपमा बगनास देविस्थान¸ दर्लम महाकाली¸ महामृत्युन्जय शिवासन¸ सिद्द गुफा मन्दिर¸ रामनदी राम्दी धाम¸ मालारानी¸ रानीमहल क्षेत्र¸ ऋषिकेषेश्वर मन्दिर¸ बौद्द गुम्वा¸ माडी फाँट¸ सिद्दबाबा मन्दिर¸ भगवती मन्दिर¸ शिवालय मन्दिर¸ कालिका मन्दिर¸ चेचीकोट मन्दिर¸ आर्यभञ्ज्याङ्ग¸ चिलाङ्दी भञ्ज्याङ्ग¸ झिरभञ्ज्याङ्ग¸ तिनछाँगा¸ चमेरे गुफा¸ गुडुवाखोला आदि रहेका छन् ।

यस पालिकाकाे वडा नं १ चिर्तुङ्गधारा भित्र भलुवाचाैर, काफ्लेताेष, काेठीचाैर, चिलाङ्गदि भैरव, कुमाले भिर, कालिका, वेलानी चाैर ढुङ्गाखानी र हुमिन्द्रेगैरा मुर्लेखोला आदि सामुदायिक वनहरुरहेका छन् । अधिकांश भूभाग दक्षिणी माेहडामा पर्ने यहाँका वनहरुमा विशेष गरि खाेटेसल्ला, लाकुरी, चिलाउने, टुनी र कटुश आदिका प्रजातीहरु पाइन्छन् । यहाँका सबै सामुदायिक वनहरु २०३८।३९ सालतिर तिनाउ जलाधार संरक्षण आयाेजनाले रात नाङ्गा डाँडाहरुमा वृक्षाराेपण गरि हुर्काइएका हुन् । यी वनहरुलाइ स्थानी जनताले लाैरे पालाे लगाइ संरक्षण गरेर सामुदायिक वन वनाइएका हुन् । यहाँका सामुदायिक वनका उपभाेत्ताहरुकाे आय आर्जन गरि जीविकाेपार्जन सुधार गर्न वन क्षेत्रमा अम्रीसो, तेजपत्ता, लप्सी राेपण गर्न सकिने प्रचुर संभावना रहेकाे स्थानीय उपभाेक्ता समितिका पदाधिकारि बताउनु हुन्छ । यसका अतिरक्त निजी जग्गमा कागती र वेसार खेती गरि आय वढाउन सकिन्छ । निजी तथा वन क्षेत्रमा इष्टाइलाे र माेलासिसकाे विउ उत्पादन गरि आय श्राेत बढाउन सकिने स‌भावना रहेकाे तथ्य काेठी चाैर तथा जरुवादी सामुदायिक वनका अध्यक्ष श्री  जितेन्द्र गाहा वताउनु हुन्छ ।

सामुदायिक वन

दप्सेचौर सामुदायिक वन

वडा नम्बर ९

दरबार परिसरमा फोहराका लागि ढुङ्गाले निर्मित दुईवटा पोखरी छन् । तलदेखि माथिसम्म ढुंगाको सिँढी राखिएको छ । खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।

यस महलको पूर्व तिर खड्ग शमशेर राणाको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन् ।

खहरे ठूलो बगर सामुदायिक वन

वडा नम्बर ६

बगनासकाली गाउँपालिका वडा नम्बर ६ मन्द्राहानमा यो वन क्षेत्र रहेको छ । साविकको यम्घा ६ मा खहरे ठूलो बगर वन रहेको छ । कालीगण्डकीको तिर क्षेत्रमा यो वन छ । कालीगण्डकी नदीले छाडेका बगरमा उम्रिएको खयर नै यो वनको खास विशेषता हो । वन क्षेत्र खयरले छाकिएको छ । २७ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रमा खयरका साथै फडिर, जामुन, सिमल, करमलगायत रुख रहेका छन् । सामुदायिक वनले खयर कटान गरी विक्री समेत गरेको छ । 

२०५४ सालमा गठन गरिएको सामुदायिक वन त्यति सक्रिय रहन सकेको थिएन । २०६२ बाट सामुदायिक वन पुनः सक्रियतासाथ संरक्षणमा लागेको देखिन्छ । वन उपभोक्ता समुहमा १०घ् जना सदस्य रहेका छन् । वन पैदावार विक्रीबाट प्राप्त रकमले खानेपानी तथा विद्यालय शिक्षामा खर्च गरिएको पाइन्छ ।

कुवेर सामुदायिक वन

वडा नम्बर ६

बेगनासकाली गाउँपालिका वडा नम्बर ६ मा यो वन क्षेत्र रहेको छ । २०५९ सालमा गठन गरिएको सामुदायिक वनको क्षेत्रफल १४१ हेक्टर रहेको छ । यसका उपभोक्ता सदस्य ६९७ घरधुरी रहेका छन् । पूर्वमा जुकेखोला, पश्चिम लाम्दी खोला, उत्तर कालीगण्डकी नदी, दक्षिण आवाद जग्गा सो वनको चारकिल्ला रहेको छ । सामुदायिक वनको आम्दानीबाट विद्यालय र खानेपानीमा सहयोग हुँदैआएको समुहका अध्यक्ष ज्ञानबहादुर विश्वकर्माले बताए । यो वनमा सालका रुख बढी छन् । सालका रुख बढी भएकाले वनको नामै कुवेर राखिएको बताइन्छ ।

सल्लेरी सामुदायिक वन

वडा नम्बर ६

वगनासकाली गाउँपालिका वडा नम्बर ६ स्थित सल्लेरी सामुदायिक वन २०६१ सालमा गठन भएको हो । यस वन समुह ११ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यसका ५५४ घरधुरी उपभोक्ता रहेका छन। यो वनमा सल्लाका रुख बढी छन् । सल्लाका रुख कटाएर समुहको आम्दानी बढाउँदै अन्य विरुवा रोप्ने र हुर्काउने योजना सामुदायिक वनको छ ।

महेन्दी सामुदायिक वन

वडा नम्बर ५

बगनासकाली गाउँपालिका वडा नम्बर ५ मा यो सामुदायिक वन रहेको छ । दुई हजार त्रिपन्न सालमा दर्ता गरिएको यो सामुदायिक वन ८.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। । यो वनका उपभोक्ता सदस्य घट्दै गएको पाइन्छ । बसाइ सराइका कारण सदस्य घट्दै गएको बताइन्छ । पहिला १५२ उपभोक्ता सदस्य रहेकामा अहिले १०८ घरधुरी रहेका छन् । वनमा सल्लो, जामुन, चिलाउने, फँडिर रहेका छन् । नयाँ विरुवाका रुपमा खयर समेत उम्रिएको पाइएको छ । वनमा बाँस, अम्रिसो समेत लगाइएको छ । भिरालो जग्गामा सिसौ, चाँप, तेजपात लगाउने योजना रहेको छ । पहिरोको समेत समस्या रहेको छ । वनमा चिउरी पनि छ । वनमा रहेको सल्लो हटाउन पाउ हुने भन्ने अपेक्षा उपभोक्ताको छ । बाँदरको समस्या रहेको उपभोक्ताको गुनासो रहेको छ ।

चिलाङ्दी भैरव मन्दिर सामुदायिक वन

वडा नम्बर १

बगनासकाली गाउँपालिका वडा नम्बर १ मा रहेको यो वन २०४४ सालमा दर्ता भएको हो । २०४५्रर २०४६ सालबाट सल्ला रोप्न थालिएको थियो । २० हेक्टर क्षेत्रफलमा फैलिएको यो वनमा १०५ जना उपभोक्ता सदस्य रहेका छन् । अहिले चिलाउने, टुनी, खनियाजस्ता विरुवा आफैँ उम्रिएका छन् । सुरुमा तिनाउ जलाधार परियोजनाले वृक्षरोपण गरेको थियो । सल्लोको वनले पानीको मुहान सुकाएको गुनासो स्थानीयको छ । त्यसैले सल्लो हटाउन पाए अन्य विरुवा हुर्काउन सकिने उपभोक्ताको भनाई छ । 

कोठीचौर तथा जरुवादी सामुदायिक वन

वडा नम्बर १

बगनासकाली गाउँपालिका वडा नम्बर १ मा रहेको यो वन २०४२ सालबाट संरक्षण र वृक्षरोपण थालिएको हो । तिनाउ जलाधार परियोजनाबाट नाङ्गा डाँडामा वृक्षरोपण थालिएको थियो । तिनाउ जलाधारले कार्यक्रम अवधि सकिएपछि सामुदायिक वनका रुपमा गठन हुन पुग्यो । २०५७ सालमा कोठीचौर तथा जरुवादी सामुदायिक वन गठन भएको हो । सो वन १७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सो समुहको १४४ सदस्य उपभोक्ता रहेका छन् । सल्लो, साल, फँडिर, दबदबे, चिलाउनेका रुख रहेका छन् । यहाँ भूँइघाँस समेत लगाइएको छ । यो नाङ्गो डाँडालाई उपभोक्ताले ठूलो सङ्घर्षबाट हरियाली बनाएका हुन । वन संरक्षणबाट पानीको मूल समेत बढेको उपभोक्ताले बताए । नाङ्गो पाखालाई कसरी हरियाली बनाउन सकिन्छ भन्ने यो एउटा उदाहरण हो । यो वन क्षेत्र आसपास कुमाल र मगर जातिको बसोबास रहेको छ । सो ठाउँमा घरबासको समेत प्रयास गरिएको थियो तर अहिले घरबासको सुविधा छैन । 

पाल्पा घाँस विकास संघ

वडा नम्बर १

बगनासकाली गाउँपालिका वडा नम्बर १ मा घाँस विकास संघको कार्यालय रहेको छ । संघका अध्यक्ष हरिबहादुर बिसी हुनुहुन्छ । तिनाउ जलाधार परियोजनाले वृक्ष रोपण र भूँइ घाँसको प्रवद्र्धन गरेको थियो । भूइँ घाँसको बीउ माग भएपछि तिनाउ परियोजनाले उत्प्रेरित गरेपछि समुहले बिउ उत्पादन थालेका थिए । जिल्ला भेटनरी कार्यालये बिउ बेचिदिने गर्दथे । तर, तिनाउ कार्यक्रम अवधि सकिएपछि बिउ बिक्रीमा समस्या भएपछि तिनाउले गठन गरेकै समुह मिलेर घाँस विकास संघ गठन गरेका थिए । सो समुहले .,;./मोलासिस, स्टाइलो, भटमासे, इपिललगायत घाँसको बिउ उत्पादन र बिक्री वितरण गर्दै आएको छ । अहिले बिउ उत्पादनमा कमी आएको छ । स्थानीय सरकारले घाँस कार्यक्रम विस्तार गर्न आवयक रहेको संघका अध्यक्ष बिसीले बताए ।

कालावन सामुदायिक वन

वडा नम्बर २

बगनासकाली गाउँपालिका वडा नम्बर २ पोखराथोकमा कालावन क्षेत्र रहेको छ । नाङ्गा डाँडाका सालका पोथ्राालई २०४२ सालतिर संरक्षण थालिएको थियो । स्थानीय उपभोक्ताले लौरो पालो लगाएर निके दुःख गरेर सो वन संरक्षण गरेका थिए । यो जङ्ल सालैसालको रहेको छ । ६.१४ हेक्टर क्षेत्रफलमा फैलिएको यो वनको उत्तरमा तेस्रो बाटो, पूर्वमा पोखराथोक जाने बाटो, साविकको चार नम्बर वडा, पश्चिम अर्याल भित्ता, दक्षिण धर्म चौतारी सीमा रहेको छ । यो वनमा टिम्मुर लगाउने योजना उपभोक्ताको छ ।

रानीवन सामुदायिक वन

वडा नम्बर ३

बगनासकाली गाउँपालिका वडा नम्बर तीनमा रहेको यो वन २०५घ् सालबाट संरक्षण गरिए पनि २०६घ् मा दर्ता गरिएको हो । २६.२५ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रमा साल, सल्लो, चिलाउने, टुनी, बाँस, अम्रिसो रहेको छ । पाल्पाबाट पोखरा जाने सडकको उत्तरतिर यो वन क्षेत्र रहेको छ ।

Download Nepali Version of The Plantation Toolkit

Download

The quality of tree planting will be enhanced by using this document as a useful reference material for the individual, communities and institutions interested in tree planting in all technical and other fields.

#

Man Bahadur Khadka

Director General, Dept of Forest and Soil Conservation

"Tree planting is one of the simplest ways to work against the environment and climate change. Such activities that are accessible to all age groups and we hope that this guide/toolkit will provide technical knowledge and encouragement to all concerned in the tree planting program in Nepal. It will also be part of our drive to help Nepal fulfill its commitment following the 26th Conference of the Parties (COP) to the United Nations Convention on Climate Change held in the United Kingdom. "

#

Shahida MacDougall

Country Director, British Council

Information on nurseries and seedling service providers is included to enhance access to pre-requisite resources. The design, development and delivery of plantation events or campaigns in urban settings is fully detailed within the toolkit. Finally, carbon sequestration calculation guide is enclosed to help initiators calculate their carbon offset.

Planting trees, reducing carbons

Our Customer

Happy Clients

Project Complete

Coffee With Clients

Team Involved