Let’s Build Your City

आफ्नो वरिपरिका बिरुवाहरू खोज्ने र प्राप्त गर्ने

July 1, 2021

हामी बिरुवा कहाँबाट पाउन सक्छौं?

निम्न कार्यालयका निकायहरूमा शुल्क बुझाएर र नबुझाइ बिरुवा प्राप्त गर्न सकिन्छ।

वन तथा वातावरण सम्बद्ध निकायहरू

काठमाडौं उपत्यकामा

  • वन बिउ प्रयोगशाला तथा भण्डारण केन्द्र, हात्तीसार, काठमाडौं।
  • डिभिजन वन कार्यालय काठमाडौं-हात्तीसार, ललितपुर-गोदावरी, भक्तपुर (पेप्सीकोलाबाट सानोठिमी जाँदा मनोहरा पुल पार गरेपछि दाहिने मोडमा)।
  • भू−तथा जलाधार व्यवस्थापन कार्यालय, हात्तीवन, ललितपुर।

नोट: नर्सरीहरू तिनका कार्यालय अन्तर्गत विभिन्न स्थानहरूमा रहेका हुन सक्दछन्।

काठमाडौं उपत्यका बाहिर

  • राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको क्लस्टर अफिसहरू सलकपुर, मोरङ (प्रदेश १), भरतपुर (डिभिजन वन कार्यालय परिसर बसेनी नजिकै भरतपुर भित्र) (बागमती प्रदेश), बुटवल, जोगीकुटी (लुम्बिनी प्रदेश) र लम्की, कैलाली (सुदुरपश्चिम प्रदेश)।
  • वन बिउ प्रयोगशाला तथा भण्डारण केन्द्रहरु विराटनगर, पोखरा र नेपालगञ्ज । 
  • डिभिजन वन कार्यालयहरू र सब-डिभिजन वन कार्यालयहरू।
  • बृहत जलाधार व्यवस्थापन केन्द्र उदयपुर, पोखरा, जाजरकोट र बैतडी।
  • जलाधार स्रोत व्यवस्थापन केन्द्र, कुलेखानी, मार्खु, मकवानपुर।
  • प्रदेश तहको भू-संरक्षण व्यवस्थापन कार्यालयहरू (प्रदेश १ धनकुटा र ओखलढुंगा; प्रदेश २: सिराहा लहान र रौतहट चन्द्रनिगाहपुर; बागमती प्रदेश: ललितपुर र सिन्धुपाल्चोक; गण्डकी प्रदेश: तनहुँ र पर्वत, लुम्बिनी प्रदेश: दाङ र पाल्पा; सुदूर पश्चिम प्रदेश: डडेलधुरा र डोटी; कर्णाली प्रदेश: सुर्खेत र जुम्ला)।
  • वन विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय, पोखरा र हेटौंडा।
  • वनस्पति अनुसन्धान केन्द्रहरू-इलाम र माइपोखरी (इलाम); धनुषाधाम (धनुषा); हेटौंडा, दामन र टिस्टुङ (मकवानपुर); कपुरकोट (सल्यान); नेपालगञ्ज  र ढकेरी  (बाँके); धनगढी (कैलाली); खलंगा (जुम्ला) र विश्व शान्ति पार्क, पोखरा (कास्की)।
  • वन पैदावार विकास समिति सागरनाथ (सर्लाही) र केरखा (झापा)।

२ कृषि तथा पशुपन्छी विकास एवं सेवा कार्यालयहरू

  • कृषि अनुसन्धान केन्द्रहरू, बागवानी केन्द्रहरू, कृषि ज्ञान केन्द्रहरू (विशेष गरी बागवानी बिरुवा) र पशु अस्पताल र पशु सेवा केन्द्रहरू (जहाँ उनीहरूको पशु आहाराको लागि डालेघाँसका बिरुवा उत्पादन गर्ने तथा वितरण गर्ने कार्यक्रम रहेको हुन्छ )।
  • बिरुवाहरू अनुरोध गर्न कृपया आवेदन फारम हेर्नुहोस्।

कुन कुन प्रजातिहरू उपलब्ध छन् ?

  • सम्बन्धित कार्यालय तथा कार्यक्रमहरुको नर्सरीमा उत्पादित बिरुवा वितरणको लागि उपलब्ध हुनेछ।
  • सामान्यतया, वन तथा वातावरणीय क्षेत्रगत कार्यालयहरूबाट, वनजन्य, डालेघाँस र सौन्दर्य वा सजावटको बिरुवाहरू उपलब्ध हुनेछन्।
  • यसबाहेक, यदि उनीहरूले बिरुवा हुर्काउन वा यस प्रकारको बिरुवाहरू निजी वन धनिहरु, विशेष समूह वा लक्षित गतिविधिहरूको लागि वितरण गर्न कार्यक्रम स्वीकृत गरेको भएमा फलफूल वा बागवानीजन्य विशेष बिरुवाहरू पनि उपलब्ध हुन सक्छन्।
  • कृषि ज्ञान केन्द्रहरु तथा कार्यालयहरू र बागवानी केन्द्रहरू सहित अनुसन्धान केन्द्रहरूले फलफूलजन्य बिरुवाहरू वितरण गर्दछन् र पशु अस्पताल र विशेषज्ञ केन्द्रहरूले डालेघाँस प्रजातिहरू वितरण गर्न सक्छन्।

हामीले कतिवटा बिरुवाहरू पाउँछौं ?

  • यो व्यक्ति एवं संस्थाद्वारा प्रस्तावित वृक्षरोपण र मागको उद्देश्यमा निर्भर गर्दछ।
  • बिरुवाको संख्या उनीहरूको प्रस्तावित योजना अनुसार निर्धारण गरिन्छ। यदि  ठोस प्रमाण र बिरुवा रोप्ने योजना सहित अनुरोध गरिएमा धेरै संख्यामा र चाहेको प्रजातिहरु उपलब्ध भए सम्म प्राप्त हुन सक्नेछ । 
  • सामान्यतया, प्रत्येक व्यक्तिले १० देखि २० बिरुवाहरू प्राप्त गर्छन् वा केही जिल्लाहरूमा उनीहरूले  आवेदन गरे बढीमा ५० वटासम्म बिरुवाहरू प्राप्त गर्न सक्नेछन्।
  • तर यो संख्या समुदाय वा सङ्गठित संस्थाहरुको हकमा उपयुक्त योजना पेश गरेमा बढ्न सक्नेछ । 

अग्ला, मध्यम होचो  कस्ता प्रकारका बिरुवाहरू उपलब्ध छन्

  • अधिकांश बिरुवाको साइज ३० देखि ५० सेन्टिमिटर अग्ला हुन्छन्।
  • विशेष उद्देश्यका लागि केही नर्सरीहरूमा अग्ला बिरुवाहरू हुन सक्छन्, बहु-वर्षिय भनिने २ फिट भन्दा  अग्ला ती बिरुवाहरूलाई  प्राय सहरी क्षेत्रमा रोपिने गरिएको छ । यस प्रकारका बिरुवाहरू विशेष वृक्षरोपण कार्यक्रमको लागि विशेष अनुरोधमा उपलब्ध हुनेछन्।
  • यस बाहेक, तराईमा र केही नर्सरीमा कलमी  (Cutting)  र जरा ( Root Shoot cutting)  भएको बिरुवा वितरणको लागि उपलब्ध हुनेछन्।  तराईमा, सिसौ  र टिक बिरुवा यस विधिबाट उत्पादन गर्ने गरेको पाइन्छ । 
  • सहरी क्षेत्रमा २ वा ३ फिट अग्लो ठूला बिरुवाहरू रोप्न सिफारिस गरिन्छ।
  • विशेष उद्देश्यको  लागि कार्यालयको स्वीकृत कार्यक्रम अन्तर्गत र सहरी वृक्षरोपणको  लागि अग्ला बिरुवाहरू र नर्सरीहरूमा हुर्केका एक वर्ष भन्दा बढी उमेरका बहुबर्षीय बिरुवाहरू उपलब्ध गराउने गरिएको छ। हामीले दोस्रो बुँदामा पहिले नै उल्लेख गरिसकेका छौं।

कुन उद्देश्यका लागि हामी बिरुवा पाउँछौं?

बिरुवाहरू निम्न उद्देश्यका लागि वितरण गरिन्छ।  

  • घर, भवन तथा बसोबास गर्ने परिसर वरिपरी सौन्दर्ययुक्त वनस्पति वा वृक्षवाटिका सजावट गर्न।
  • कार्यालय परिसर र कार्यालय जग्गाहरुमा विरुवाहरु रोप्नको लागि तथा विभिन्न उत्सवका दिनहरू र समारोहहरू मनाउन।
  • कार्यालय र सार्वजनिक संस्थानहरूको परिसर सजाउन र वरिपरि हरियाली कायम राख्न।
  • निजी वृक्षरोपण मार्फत निजी जग्गाको उत्पादकत्व बढाउन।
  • सहरी सडकहरू, राजमार्गहरू र नहरहरू सहित सहरी जग्गा सुन्दर तथा हरियाली बनाउन।
  • क्षतिग्रस्त भूमि, नदी किनारा  र कबुलियती वन, सामुदायिक वन  र अन्य सार्वजनिक जग्गा जस्ता विभिन्न वन क्षेत्र लगायत खुला ठाउँहरूको पुनर्स्थापना गर्न।

के हामी सरकारी नर्सरीबाट धेरै बिरुवा लिन सक्छौं ?

  • सामुदायिक वन र अन्य वनका  लागि  संस्था र कार्यालयहरूको वृक्षरोपण योजना अनुसार बिरुवाहरू उपलब्ध गर्न सकिन्छ तर बिरुवा उत्पादन गर्ने कार्यालयलाई समयमै सूचित गर्नुपर्ने हुन्छ।

के हामी निजी वृक्षरोपणको लागि बिरुवाहरू पाउँछौं ?

  • निजी वन धनीलाई कार्यालयको नर्सरीमा उत्पादित बिरुवाहरूको संख्याको अनुपातमा मात्र बिरुवा  उपलब्ध गराउने गरिएको छ । 
  • यदि धेरै बिरुवाहरू चाहिएमा निजी वन धनीले पहिले नै  माग तथा वृक्षरोपण योजना तयार गर्नुपर्दछ । 
  • निजी वन धनीहरुको कार्ययोजना अनुरुप विरुवाहरु उपलब्ध गराउनको लागि सक्दो सहयोग वन कार्यालयहरुले गर्ने गरेको पाइन्छ । 

हामीले बिरुवाको लागि कति तिर्नु पर्छ

  • सामान्यतया, वन तथा वातावरण सम्बद्ध निकायहरुद्वारा बिरुवाहरू निःशुल्क वितरण गरिन्छ। यद्यपि केही निकायहरुले शुल्क पनि लिन्छन्। 
  • डिभिजन वन कार्यालयहरू र सम्बन्धित सब-डिभिजन  वन कार्यालयहरूद्वारा बिरुवा नि: शुल्क उपलब्ध  गरिँदै आएको छ।
  • यद्यपि किसानहरूले विशेष कार्यक्रमको लागि अनुमोदित कार्यक्रममा धेरै विरुवाहरु र कुनै विशेष प्रजातिहरु आवश्यक भएमा  विरुवाको लागि लगानी गर्नुपर्ने हुन सक्छ।यसको निर्धारण त्यस्ता किसानहरुले सम्बन्धित वन कार्यालयहरुमा सम्पर्क गरेर सूचनाहरु उपलब्ध हुन सक्दछन् ।  
  • वनस्पति  कार्यालयहरू (Plant Resources Offices ) द्वारा वितरित केही बिरुवाहरू स-शुल्क पनि छन्। सम्बन्धित कार्यालयहरूमा सम्पर्क गरेर यस बारेमा बुझ्नु  पर्नेछ।
  • कृषि ज्ञान केन्द्रहरू र पशु अस्पताल र पशु सेवा केन्द्रहरूद्वारा वितरित बिरुवाहरूमध्ये बागबानीजन्य  बिरुवाहरू उनीहरूको नियम अनुसार शुल्क लिन्छन् र डालेघाँस लगायत घाँसजन्य बिरुवाहरू नि:शुल्क वितरण गरेको पाइन्छ तर कहिले काँही लक्षित कार्यक्रमको लागि केही लगानी पनि गर्नु पर्ने हुन सक्दछ । 

हामीले कार्यालयमा बिरुवाहरूको लागि कति पहिले अनुरोध गर्नु पर्छ?

  • सामान्यतया, केही जिल्लाहरूमा ५० भन्दा कम बिरुवाहरू वा २० देखि ५०  बिरुवाहरूको  लागि आफ्नो  आवश्यकताहरू पूरा गर्न तत्काल  अनुरोध गर्न  सकिनेछ ।  
  • निजी वन धनीहरुले विशेष उद्देश्यका लागि कुनै जग्गा तथा भू−भागमा वृक्षरोपण गर्नु परेमा, एक आर्थिक वर्ष अगाडि नै योजनाको साथ कार्यालयमा निवेदन पेश गरिएमा लक्ष्य अनुरुप बिरुवा उपलब्ध हुने सुनिश्चित गर्ने पनि गरिएको छ । यसको सुनिश्चितताका लागि सम्बन्धित कार्यालयमा सम्पर्क गर्नु पर्दछ ।  
  • बिरुवा वितरणको समय तथा दिनहरु सामान्यतया  मनसुनको आरम्भ पश्चात कार्यालयहरूद्वारा निर्धारित गरिन्छ।
  • वितरण अवधि माग र आपूर्ति प्रणाली र प्रजाति छनोटमा निर्भर गर्दछ। तराईका केही जिल्लाहरूमा, कहिलेकाहीँ बढ्दो माग र बिरुवा उत्पादनको कम संख्याको कारण एक हप्ताको लागि मात्र बिरुवा वितरणको व्यवस्था गरिन्छ।
  • अधिकांश जिल्लाहरूमा बिरुवाको वितरण आषाढको दोस्रो हप्तादेखि श्रावण मसान्तसम्म (नर्सरीमा बिरुवाको उपलब्धता अनुसार) गर्ने गरिएको छ । केही नर्सरीहरूले सबै मौसममा बिरुवाहरू राख्छन् र सुरक्षा एवं  रेखदेख गरिरहेको अवस्था अनुसार वर्षैभरी  बिरुवाहरू वितरण गर्दछन्।
  • केही कार्यालयहरूले बिरुवा वितरण गरिने हप्ता वा दिनहरू  एफएम र स्थानीय सञ्चार  माध्यमबाट  सार्वजनिक सूचना प्रसारण गर्छन्।

बिरुवा लिन हामीले कुन कागजातहरू पेश गर्नुपर्दछ ?

  • आवेदन। यहाँ डाउनलोड गरी प्राप्त गर्नुहोस्।
  • कहिलेकाहीँ कार्यालयलाई आवेदनमा १० रुपैयाँको हुलाक टिकट टाँस्न अनुरोध गरिन्छ।
  • वृक्षरोपण गर्ने बिरुवा माग गरिएको स्थान, ठेगाना र क्षेत्र आवेदनमा खुलाएको हुनु पर्छ।
  • यदि व्यक्ति विशेषले  धेरै बिरुवाहरू लगाउन  (सामान्यतया ५०  भन्दा बढी र कहिलेकाहीँ २५ भन्दा बढीको लागि)  लागि आवेदन दिएको भएमा आवेदनको साथमा नागरिकताको प्रतिलिपि र वृक्षरोपण गर्ने  स्थलको लाल पुर्जाको फोटोकपी बुझाउनु पर्छ।यस्तो माग गर्ने कागजातहरु कार्यालय अनुसार फरक फरक हुन सक्दछन् ।  
  • कार्यालयले पनि माग फाराम भर्नु  आवश्यक हुन्छ, विशेषगरी कार्यालय स्टोरमा दाखिल गरिएका बिरुवाका लागि।

यदि आवेदन व्यक्तिगत भएमा  सम्पर्क नम्बर सहित हस्ताक्षर गर्नु पर्छ र यदि आवेदन संस्थाबाट आएको भएमा संस्थाको लेटर प्याडमा आधिकारिक छाप सहित आवेदन गर्नु पर्नेछ।