Let’s Build Your City

Environment, Sustainability

वृक्षरोपण टूलकिट – प्रभावकारी वृक्षरोपण मार्गदर्शन

January 12, 2023

वृक्षरोपण टूलकिट  खासगरी सहरी क्षेत्रमा प्रभावकारी वृक्षरोपणको लागि मार्गदर्शन गर्ने एक निर्देशिका हो ।यो वन तथा भू-संरक्षण विभाग र काठमाडौं स्थित ब्रिटिश दूतावासको सहयोगमा ब्रिटिश काउन्सिलको जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्र सङ्घिय प्रारुप महासन्धिको पक्ष राष्ट्रहरुको २६सौ सम्मेलन (Conference of Parties-COP) रोड टू कोप २६ अभियान अन्तर्गत स्टोरी साइकलको संयुक्त प्रयास हो। 

यस माध्यमबाट वृक्षरोपण स्थल निजी उद्यान, सडक र नदी किनाराको क्षेत्र वा सामुदायिक एवं  सार्वजनिक क्षेत्रमा प्रभावकारी  ढङ्गले  वृक्षरोपण गर्न तपाइलाई सहयोगी हुनेछ ।यसले नेपालको तीन अलग-अलग धरातलीय भौगोलिक स्वरूपलाई समेट्ने पर्यावरणीय क्षेत्रहरू हिमाल, मध्य पहाड र समतल तराईको सहरका लागि वृक्षरोपण गर्ने सबै भन्दा उपयुक्त प्रजातिका विरुवाहरुको विवरण उपलब्ध गराउँदछ । 

English Version of Plantation Toolkit

 

वृक्षरोपणपूर्व आवश्यक स्रोतहरूमा पहुँच बढाउनको लागि नर्सरीहरू र बिरुवा वितरण गर्ने सेवा प्रदायकहरूको जानकारी समावेश गरिएको छ। सहरी परिवेशमा वृक्षरोपण कार्यक्रम वा अभियानको डिजाइन विकास र वितरणका लागि निम्न विवरणहरु   टूलकिटमा विस्तृत रूपमा दिइएको  छ। 

अन्त्यमा, वृक्षरोपणकर्ताहरुको लागि उनीहरूले विभिन्न क्रियाकलापहरु गर्दा उत्सर्जन भएको कार्बनलाई अफसेट गणना गर्न मद्दतको लागि कार्बन अवशोषण गणना गर्ने साधारण नमूना संलग्न गरिएको छ।

वृक्षरोपण टूलकिट को नेपाली संस्करण डाउनलोड गर्नुहोस्

Download

'सम्पूर्ण प्राविधिक तथा अन्य क्षेत्रमा वृक्षरोपणमा रूचि राख्ने व्यक्ति, समुदाय र संस्थाका लागि उपयोगी सन्दर्भ सामग्रीको रुपमा यस दस्तावेज प्रयोग गरेर वृक्षरोपणको गुणस्तर अभिवृद्धि गर्न मद्दत पुग्नेछ।"

#

मन बहादुर खड्का

महानिर्देशक वन तथा भू-संरक्षण विभाग, बबरमहल, काठमाडौ

वातावरण र जलवायु परिवर्तन विरूद्ध कार्य गर्नका लागि सबैभन्दा सरल तरिकामध्ये वृक्षरोपण एक हो । एउटा यस्तो क्रियाकलाप जुन सबै उमेर समूहका लागि पहुँचयोग्य छ । हामी आशा गर्दछौ कि यस मार्गदर्शन/टूलकिटले नेपालमा सम्बद्ध सबैलाई वृक्षरोपण कार्यक्रममा प्रविधिक ज्ञान र प्रोत्साहन प्रदान गर्ने छ । साथै बेलायतमा सम्पन्न भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय प्रारूप महासन्धिको पक्ष राष्ट्रहरूको २६ औं सम्मेलन (Conference of Parties-COP) पछि नेपालले गरेको प्रतिवद्धता पूरा गर्न सहयोग पुर्याउने हाम्रो अभियानको एक हिस्सा बन्ने छ ।"

#

शाहिदा म्याकडाउगल

राष्ट्रिय निर्देशक ब्रिटिश काउन्सिल, नेपाल

Planting trees, reducing carbons

वृक्षारोपण

रोपण स्थानहरू

संलग्न व्यक्तिहरू

कब्जा गरिएको कार्बन

Team Involved

#

सौरभ ढकाल

संस्थापक र क्यूरेटर, स्टोरी साइकल

#

पशुपति नाथ कोइराला

पूर्व सचिव, वन तथा वातावरण मन्त्रालय

#

निश्चल ओली

कला प्रमुख, ब्रिटिश काउन्सिल

#

युवराज पोखरेल

वृक्षारोपण विज्ञ, वन तथा भूसंरक्षण विभाग

#

दिपेश प्याकुरेल (पी एच डी )

वनस्पति विशेषज्ञ

#

अजित पौडेल

सहायक अनुसन्धान

#

महेश श्रेष्ठ

इलस्ट्रेटर