Let’s Build Your City

वृक्षरोपण अभियान आयोजना गर्नुहोस्

July 1, 2021

. उद्देश्य

वृक्षरोपण अभियान के उद्देश्यको लागि हो त्यसको बारेमा अत्यन्त स्पष्ट हुनुपर्दछ।

  • विभिन्न खालि भू-भाग  र  भू-परिधि क्षेत्र वा  सामुदायिक भू-भाग  वा  अन्य स्थलको  संरक्षणको लागि  हो वा खालि क्षतिग्रस्त भूमिलाइ पुनःस्थापना गर्न । 
  • सहरी सुन्दरताका लागि  सडक किनारामा  वा सडकको बीचमा वा पकेट क्षेत्रमा  वा व्यक्तिगत जग्गाको वरिपरि हरियाली कायम गर्न । 
  • विद्यार्थी वा युवालाई जागरुक वा शिक्षित गर्न योगदान दिन।  
  • अन्तर्राष्ट्रिय वा राष्ट्रिय समारोह मनाउन।
  • जन्मदिन वा  स्मृति दिवस वा अन्य दिनहरुको सम्झना आदि मनाउन।
  • दुई राष्ट्रहरू र दुई पार्टीहरू वा दुई संगठनहरू वा दुई वा धेरै मित्रताको अवसरहरू बीच सम्बन्ध निर्माण गर्न।
  • कुनै पनि व्यक्ति वा संगठनहरूको लागि विशेष दिन मनाउन।

नोट: बिरुवा रोप्ने विधि र प्रजातिहरूको छनोट सम्बन्धी ज्ञान बिना यस्तो कार्यक्रम वा समारोह आयोजना नगर्न अनुरोध गरिन्छ।

२. अभियान वा समारोहको स्तर

  • अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तर वा क्षेत्रीय स्तर वा स्थानीय स्तर वा सामुदायिक स्तर वा संस्थागत स्तर।
  • राष्ट्रिय स्तर
  • प्रदेश स्तर
  • सञ्जाल / व्यावसायिक स्तर
  • जिल्ला / नगरपालिका / गाँउपालिका / विद्यालय / संस्थागत
  • सामुदायिक स्तर
  • व्यक्तिगत वा घरेलु स्तर

३. कामको पात्रो तयार गर्नुहोस्

हप्ता अघिके गर्ने
७२ हप्ताठूलो अभियानको लागि योजना बनाउने र परियोजना तयारी चक्रमा बजेट समावेश गर्ने
५२ हप्तायोजना बनाउन सुरु गर्ने र टोली बनाउने सम्बन्धित कार्यालयहरू (वन तथा भू संरक्षण विभाग, बबरमहल) वा जिल्ला तहका कार्यालयहरू जस्तै डिभिजन वन कार्यालयहरू, जलाधार  व्यवस्थापन कार्यालयहरू, र अन्य सम्बन्धित कार्यालयहरूसँग परामर्श गर्ने
३२ हप्तादिन चयन गर्नेआयोजक खोज्ने वृक्षरोपण स्थल छनोट गर्नेबिरुवाको आकार  छनोट गर्ने    बिरुवाको संख्या निर्धारण गर्नेबजेट निर्धारण गर्नेसहयोगीहरू / प्रायोजकहरूको लागि सुरु गर्ने
१८ हप्ताप्रजातिहरू छान्नुहोस् र अन्तिम रूप दिनेबिरुवा अर्डर वा बुक गर्नेवृक्षरोपण स्थल निश्चित गर्नेवृक्षरोपण स्थल भ्रमण गर्नेसमन्वय समिति गठन गर्नेजिम्मेदारी र भूमिका निर्धारित गर्नेस्वयंसेवकहरूको घोषणा गर्ने तथा आह्वान गर्ने सहयोगका लागि स्थानीय वन प्राविधिकहरूसँग परामर्श गर्ने तथा सम्बन्धित विज्ञहरुसँग प्राविधिक पक्षको जानकारी लिने 
१२ हप्तासमन्वय समितिको निधो गर्नेप्रजाति र बिरुवाको संख्या निश्चित गर्ने वृक्षरोपणको समयमा बिरुवा र उपकरण ढुवानी गर्ने योजना बनाउनेयदि आवश्यक परेमा खर्च तथा कोषको व्यवस्था गर्ने
४ हप्तासबै स्वयंसेवकहरू, स्थानीय समुदाय सदस्यहरू, स्थानीय सरकार, र सबै सहयोगीहरू सहित पाहुनाहरूलाई वृक्षरोपण गर्ने दिन निश्चित गर्ने  उपकरणहरू जम्मा गर्ने खाडलहरुको दुरी निर्धारण गरी सुख्खा समयमा खाडलहरु खनेर केही दिन पछि पुर्ने । विरुवा रोप्न यो काम २ हप्ता अघि पनि गर्न सकिन्छ । गण्यमान्य व्यक्तिहरूलाई आमन्त्रित गर्नुहोस् र वृक्षरोपण गर्ने सही मिति, समय र स्थान सूचित गर्ने ( यसको लागि सामाजिक सञ्चाल तथा सञ्चारका विभिन्न माध्यमहरु उपयोग गर्न सकिन्छ ) । 
एक हप्तास्वयंसेवक र स्थानीय नेताहरूको एकिन गर्नेबिरुवा र सवारी साधनको निधो गर्नेवृक्षरोपणमा र ढुवानी तथा वृक्षरोपण स्थल तयारी अनुगमन गर्न वन प्राविधिकको संलग्नता रहेको नरहेको निश्चित गर्ने । वन प्राविधिकको संलग्नता हुन नसकेमा वैकल्पिक व्यवस्था गुणस्तरमा ह्रास नआउने गरि गर्ने 
वृक्षरोपणको अघिल्लो दिनवृक्षरोपण स्थल भ्रमण गर्नेखनि सकेर पुरेका खाडलको स्थानहरुको अनुगमन गर्नेरुख  / बिरुवा डेलिभरी तथा ढुवानी गर्ने समय तथा विरुवाहरु बुझ्ने जिम्मेवारी कसको हो यदि वृक्षरोपणको अघिल्लो दिन खाडल खन्नु परेमा खाडल खन्ने औजार र अन्य उपकरण व्यवस्था गर्ने
वृक्षरोपण गर्ने दिनवृक्षरोपण स्थलमा चाँडै पुग्ने तथा वृक्षरोपणको लागि पूर्बतयारी चरणमा गरिने कार्य र सामग्रीहरु पुरा भएको एकिन गर्ने दर्ता गर्ने तथा स्वागत गर्ने जलपानको व्यवस्था गर्ने हो भने त्यसको व्यवस्थापन गर्नेस्वयंसेवक सहित सबै सहभागीहरूको नाम दर्ता गर्नेआवश्यक परेमा मञ्च तयार गर्ने। सजिलोका लागि यसलाई खुला स्थानमा प्राकृतिक रूपमा आयोजित  गर्न सुझाव दिइन्छविशेष अतिथिहरू र सबैलाई स्वागत गर्नेवृक्षरोपण तरिकाको प्रदर्शनखन्ने, रोप्ने र छापो दिनेपानी हाल्नेसमापन मन्तव्यदैनिक सुरक्षा र हेरचाहको लागि  संयोजकहरूलाई जिम्मेवारी हस्तान्तरण गर्नेवृक्षरोपण स्थलबाट  प्लास्टिकको अवशेषहरू सफा गर्ने र पुनःप्रयोग गर्न प्रबन्ध गर्ने
वृक्षरोपण पश्चात (जारी राख्नु पर्ने)बिरुवामा पानी हाल्नेगोडमेल गर्ने र सुकेका, अस्वस्थ हाँगाबिँगा हटाउनेमरेको बिरुवा हटाएर अर्को रोप्नेअनुगमन जारी राख्ने र स्थानीय नगरपालिका तथा गाँउपालिकाहरु, वडाहरु सम्बन्धित कार्यालय तथा संस्थालाई  प्रतिवेदन गर्ने विरुवा रोपिएको स्थलमा कति विरुवा रोपिएको हो कुन कुन जातको विरुवाहरु रोपियो कुनै विशेष समारोह हो भने त्यसको नाम सहित सकभर जलवायुमैत्री तबरले साइनवोर्ड तयारी गर्ने र राख्ने  
  1.  बिरुवाको संख्या सहभागीहरूको संख्या निर्धारण गर्ने
  • आमन्त्रित व्यक्तिको नाम टिप्ने  
  • समारोह प्रकार धेरै औपचारिक वा अर्ध औपचारिक वा अनौपचारिक गर्ने
  • प्रमुख अतिथि र उनको भूमिका र अन्य आयोजकहरू निश्चित गर्ने (भूमिका अनुसार पहिलो / दोस्रो / तेस्रो)
  • सहयोगीहरू / योगदानकर्ता / प्रायोजकहरूको नाम टिप्ने  
  • बिरुवा  र यसको प्रकारको संख्या पत्ता लगाउने  ( बुँदा ४  चयन र मूल्यांकन परिणामसँग सम्बन्धित)
  1. वृक्षरोपण स्थल / अवस्थिति / स्वामित्वको आँकलन
  • निरीक्षण गर्ने (वृक्षरोपण स्थल भ्रमण गर्ने  र स्थानीय नेताहरू र स्थानीय उत्साहित समर्थकहरूसँग सम्पर्क गर्ने )
  • वृक्षरोपण अघि र पछि कुनै द्वन्द्व र स्वामित्वको  समस्या छैन भन्ने सुनिश्चित गर्ने
  • स्मार्ट फोन वा अन्य उपकरणहरुबाट वृक्षरोपण स्थलको उचाइ नोट गर्ने र फोटोहरू खिच्ने
  • भिरालो सतह, स्वरूप र यदि सम्भव भएमा, माटोको प्रकार र रोपिने सबै प्रकारका वनस्पति प्रजातिको टिपोट बनाउने  
  • सडकबाट वृक्षरोपण स्थलको दुरी कति छ अनुमान गर्ने किनकी सडकदेखि वृक्षरोपण स्थलसम्म बिरुवा ढुवानी गर्ने कार्यको लागि महत्त्वपूर्ण छ।
  • नर्सरीबाट वृक्षरोपण स्थलको दुरी अनुमान गर्ने
  • बिरुवाहरूको वास्तविक  संख्या (२.५ x २.५ मिटर दुरी  वा पङ्क्तिबद्धता) अनुमान गर्ने, यसरी एक हेक्टर जमिनमा १६०० बोटबिरुवा हुनेछन् ( लगभग  २० रोपनी, यसैले १ रोपनी जग्गाको लागि ८०  बिरुवा वा १ कट्ठा जमिनमा ५० देखि ७० बिरुवाहरू चाहिन्छ) 
  • फल फल्ने  प्रजातिहरूको लागि दुरी वनजन्य प्रजाति  भन्दा धेरै हुन सक्छ
  • प्रजातिहरूको नाम टिप्ने
  • वन  प्राविधिकहरूसँग परामर्श गरेपछि सही प्रजातिहरूको नाम पत्ता लगाउने  (तपाईं नजिकको सब-डिभिजन वन कार्यालयका कर्मचारीहरू वा डिभिजन वन कार्यालयहरू वा जलाधार व्यवस्थापन कार्यालयहरू वा वनस्पति अनुसन्धान केन्द्रहरु वा सामुदायिक वनको नर्सरीहरूमा  सम्पर्क गर्न सक्नुहुन्छ) । अन्य कार्यालयहरु पनि हुन सक्दछन् । 
  • यदि सुविधा भएमा तपाईं निजी नर्सरीमा परामर्श गर्न सक्नुहुनेछ । 

३.  वृक्षरोपणपछिका सुरक्षा उपायहरू

  • सुरक्षा उपायहरू र दीर्घकालिन सुरक्षा तथा संरक्षणका उपायहरू आँकलन गर्ने तथा व्यवस्थापन गर्ने
  • समारोह, सुरक्षा, र प्रतिवेदन तयारी गर्न समग्र जिम्मेवारीको लागि जिम्मेवार एक स्थानीय व्यक्ति पहिचान गर्ने

.  समारोह आयोजना गर्ने निर्णय

  • कार्यक्रम वा समारोह एकदम राम्ररी आयोजना गरिएको  र रोपेको बिरुवा वृक्षरोपण स्थलमा हुर्कनेछन् भन्ने सुनिश्चित गर्ने
  • कार्यक्रम वा समारोह आयोजना गर्न एकै विचारधाराका संस्था र व्यक्तिको समिति गठन गर्ने
  • कार्यक्रम सम्पन्न गर्नको लागि खर्च तथा कोषको  उपलब्धता र स्वयंसेवकहरुको सहयोग रहने सुनिश्चित गर्ने
  • अन्य संस्थाहरूको लागि बोझ नबन्न सुनिश्चित गर्ने

५. वृक्षरोपण स्थलको तयारी

  • सडकहरू, भवनहरू, विद्युत  लाइनहरू र अन्य रुखहरूको  सम्बन्धमा तपाईं कहाँ बिरुवा रोप्न चाहनु हुन्छ निर्णय गर्ने 
  • दर्ता, जलपानको लागि स्वयंसेवा  केन्द्र कहाँ स्थापित गर्ने निर्णय गर्ने
  • पार्किंग र शौचालयहरूको संकेत राख्ने
  • बिरुवाहरू कहाँ पुर्‍याउने हो सो को जानकारी नर्सरीलाई दिने
  • उपकरणहरू कहाँ डेलिभर र भण्डारण गरिने हो भनेर निर्धारण गर्ने
  • खाडल खन्ने  (कम्तिमा ३० सेमी चौडा र  ४५ सेमी उचाइ) यो बिरुवाको साइजमा निर्भर गर्दछ। यदि फल फल्ने रुख  रोप्नु छ भने,  ठूलो आकारको खाडल खन्न आवश्यक पर्दछ जस्तै कम्तिमा ५०  सेमी चौडा र ५०  सेमी उचाइ ( एक मिटर चौडा र एक मिटर उचाइको सम्म आवश्यकता पर्न सक्दछ)
  • माटोमा मलिलोपना कम भएमा  सम्भव भए सम्म हरेक खाडलमा १ देखी २ केजि कम्पोष्ट वा अन्य प्राराङ्गिक मल राख्ने व्यवस्था गर्ने ।    

६. अभियान / समारोह आयोजना गर्ने

  • औपचारिक निर्धारण गरिएको समय भन्दा पहिले आइपुग्ने। निश्चय पनि  केही स्वयंसेवकहरू पहिले नै आइसकेका हुनेछन् भन्ने कुराको निश्चितता गर्ने 
  • स्वयंसेवक क्षेत्रमा पाल र टेबलहरू व्यवस्था गर्ने  (यदि व्यवस्थित कार्यक्रमा समन्वय गर्न आवश्यक भएमा)
  • समारोहको लागि आबश्यक सामग्रिहरु कार्यस्थलमा आएको नआएको एकिन गर्ने तथा जिम्मेवारी अनुसारको दायित्व बहन गरेको विषयमा एकिन गर्ने 
  • आकस्मिक व्यवस्थापनको लागि पनि एकिन गर्ने 
  • समारोहको पोस्टर / ब्यानर राख्ने
  • जलपान व्यवस्था गर्ने निर्धारण गरिएको छ भने त्यसको एकिन गर्ने
  • उद्घाटन समारोह
  • सामूहिक फोटो र प्रमुख अतिथि फोटो
  • वृक्षरोपण तरिका प्रदर्शनी: अलग स्थानमा
  • वृक्षरोपण गर्ने तरिका देखाउन वा प्रदर्शन गर्ने  तथा जानकारी कार्ड वितरण गर्ने
  • खन्ने, रोप्ने, पानी हाल्ने साथै अग्ला विरुवालाइ लठ्ठि गाडेर धागोले बाँधी सिधा रहन आड दिने । कतिपय विरुवालाई छापो पनि राख्न सकिन्छ  
  • समापन मन्तव्य तथा धन्यवाद ज्ञापन  
  • उपकरणहरू जम्मा गर्ने र सूची बनाउने
  • कार्यक्रम स्थल सफा गर्ने
  • पुनः सबैलाइ धन्वाद दिन नबिर्सने 

७. प्रातिवेदन अनुगमन

  • लगातार पानी हाल्ने र रेखदेख योजना तयार गर्ने वा गरेको योजना कार्यान्वयन गर्ने कार्ययोजना तयार गर्ने । किरा र रोगका समस्याहरूको विरूद्ध सचेत रहने र सुरक्षाको प्रत्याभूति गर्ने ।
  • सामान्यतया बिरुवा बढ्ने अवधिमा चैत्रदेखी आश्विनसम्म प्रति हप्ता एक इन्च बराबर वर्षा चाहिन्छ। त्यसकारण, पानी उपलब्ध छ भने नियमित पानी आवश्यक छ। यदि वृक्षरोपण समारोह र कार्यक्रम सुक्खा र जाडो अवधिमा आयोजना गरिएको भएमा यसलाई नियमित रूपमा धेरै पानी चाहिन्छ।
  • सुकेका, अस्वस्थ  र अन्य हाँगाहरूतिर फैलिएका हाँगाहरूलाई हटाउने।  
  • मल भनेको रुखको खाना हो आवश्यक भएमा प्रयोग गर्नुपर्छ।नियमित तालिका बनाइ मल राख्न सकिन्छ तर धेरै विरुवाहरुमा मल राख्न सकिदैन । 
  • दुई वर्ष भित्रमा १०% बिरुवा प्रतिस्थापन गर्नु पर्ने हुनसक्छ।यो दर बढी पनि हुन सक्दछ । 
  • गर्मीको अन्तमा बिरुवाको अवस्था जाँच गर्ने  र शरद ऋतुमा  पुनरोपण योजना बनाउने।
  • अवस्था र हेरचाह योजनाको वार्षिक प्रतिवेदन बनाउने।