रुखको कार्बन अवशोषण मापन गर्ने

4 months ago

रुख वा बिरुवा रोपिसकेपछि त्यो रुख हुर्कदै जान्छ । जब जब ठुलो हुँदै जान्छ त्यसको काण्ड हाँगा पातहरू पनि बढ्दै जान्छ । जबसम्म रुखको वृद्धि भइरहन्छ तबसम्म कार्बन पनि सञ्चिति बढ्दै जान्छ । विश्वमा विशेष गरी कार्बन मापनका लागि इन्टरनेशनल प्यानल अफ जलवायु परिवर्तनले मार्गदर्शन तयार गरेको छ । तर देशको हावापानी अनुसार एलोमेट्रिक समिकरण तयार गरी नाप्ने तरिकाको लागि सूत्रहरू निकालेको खण्डमा यसको विश्वसनियता बढी हुन्छ । तर नेपालमा हालसम्म एलोमेट्रिक समिकरण तयार गरिएको छैन ।

जब रुखहरू बढ्दै जान्छ त्यसले सञ्चित गर्ने कार्बन पनि बढ्दै जान्छ । तर यो बढ्ने क्रम र परिमाण प्रत्येक प्रजाति, स्थानीय हावापानी तथा हुर्किने दरमा निर्भर हुन्छ । रुखहरूको स्वभाव अनुसार कार्बनको सञ्चितिमा तल माथि पर्दछ । साधारण तरिकाबाट कुनै पनि रुखले कति कार्बन सञ्चिति गर्न सक्दछ आङ्कलन गर्न सकिन्छ । यो तरिकाहरू सबै ठाँउ
विशेषमा लागु नहुन पनि सक्दछ । यो शतप्रतिशत सही नहुन सक्दछ तर मोटामोटी यसले नजिकको आँकडा दिन्छ ।

साधारणतया कुनै पनि रुख रोपेर हुर्कदै जाँदा जमिन माथी र जमिन मुनी गरेर रुखलाई दुई भागमा बाँड्न सकिन्छ । सर्बप्रथम त्यो रुखको हरियो तौल कति हुन्छ भनेर आङ्कलन गर्नु पर्दछ । जुन हरियो तौललाई सुकेको तौल निकाल्नु पर्दछ । त्यो तौलको करिव ५० प्रतिशत कार्बन हो । निम्न अनुसार गणना गर्न सकिन्छ ।

क. रुखको हरियो तौल आकलन गर्ने । (रुख नाप्ने तरिकाबाट निकाल्न सकिन्छ ) ।

ख. कूल हरियो तौल केजि = जमिन माथिको हरियो तौल * १.२
रुखको जमिन माथिको हरियो तौलमा २० प्रतिशत जोड्दा जमिन मुनिको कार्बन समेत
निकाल्न सकिन्छ ।

ग. कूल सुख्खा तौल केजि = कूल हरियो तौल केजि * ०.७२५
रुखको हरियो तौलमा करिब ७२.५ प्रतिशत सुख्खा तौल हुन्छ । अतयब हरियो तौललाइ ०.७२५ ले गुणन गर्नु पर्दछ ।

घ. कूल कार्बन केजि = कूल सुख्खा तौल * ०.५० ( कूल सुख्खा तौलको ५० प्रतिशत जति तौल नेट कार्बन हो) ।

एक केजि कार्बन बराबर कति कार्बनडाइ अक्साइड CO2 हुन्छ ?
एक केजि कार्बन बराबर ३.६७ गुणा गरेमा कार्बनडाइअक्साइड निकाल्न सकिन्छ ।
जस्तै कुनै रुखको तौललाइ आधा मानेर निकालेको तौल मानौ १००० केजि भयो भने १००० * ३.६७= ३६७० केजि कार्बनडाइ अक्साइड बराबर हुन्छ ।

हवाइजहाज चड्नु भयो भने कति कार्बन अफसेट गर्ने
तपाइले कुनै हवाइजहाज चड्दा मानौ काठमाडौबाट दिल्ली सम्म इकोनोमी वर्गमा दुइ तर्फी यात्रा गर्दा करिब ०.६८ टन कार्बनडाइअक्साइड प्रति व्यक्ती खपत हुन्छ । यसको यदी प्रकृतिमा पुन स्थापित गर्न अफसेट गर्ने हो भने करिब ०.६८ टन कार्बनडाइअक्साइड बराबर = ०.६८ टन * ०.२७ = ०.१८३६ टन कार्बन केजिमा १८७ केजि हुन्छ ।

तपाइले कुनै रुख रोप्नु भयो र त्यसको सुख्खा तौल जमिन माथी र तलको गरेर ३७४ केजि भयो भने मात्र तपाइले काठमाडौ देखी दिल्ली एक पटक इकोनोमी वर्गमा हवाइजहाज चढेको कार्बनडाइ अक्साइडको अफसेट गर्नु हुन्छ ।

Share :