Elaeocarpus angustifolius Bl.
अङ्ग्रेजी नाम: Bead Tree
परिवार: Elaeocarpaceae
उत्पत्तिस्थल र फैलावट
रुद्राक्ष उष्ण एवं समशीतोष्ण एसिया र प्रशान्त क्षेत्रमा पाइन्छ। यो महाराष्ट्रदेखि पश्चिम बंगाल, बंगलादेश, मलाय प्रायद्वीप र इन्डोनेसियाको भागसम्म फैलिएको छ। यो नेपालको रैथाने वनस्पति हो, प्रायः मध्य र पूर्वी क्षेत्रमा ७००-१७०० मिटरको उचाइमा रोपिन्छ।
विवरण
यो एउटा ठूलो रुख हो। धार्मिक प्रयोजनका लागि मालामा प्रयोग गरिने भएकाले नेपाल र भारतका हिन्दू समुदायहरूले पूरै रूखलाई सम्मान गर्छन्। यसको पात झिल्लीदार, भालाकार, अस्पष्ट दाँतहरू, लगभग झुस विहीन हुन्छ र फूल ८-१५ सेन्टिमिटर लामो डाँठहरूमा सेतो, पात भन्दा छोटो बाक्लो झुन्डिएको झुप्पा हुन्छ। फल गिर्खा सहित गोलाकार, रातो-बैजनी, १८-२५ मिमि व्यासमा, सुन्दर हुन्छ। रूख कहिलेकाहीँ चौतारी ( विश्राम स्थल) मा रोपिन्छ।
वन संवर्द्धन विशेषताहरू
यो प्रायः प्रकाश चाहिने रूख हो र थोरै छहारी पनि चाहिन्छ। यो मिश्रित प्रकारको माटोमा बढ्न सक्छ तर दोमट माटोमा यसको वृद्धि राम्रो हुन्छ।
पुनरुत्पादन
बीजबाट अंकुरण अपेक्षाकृत गाह्रो छ। व्यावहारिक रूपमा ढुङ्गाले बीज फुटाएमा करिब ५८% (पाख्रिबास कृषि केन्द्रमा) अंकुरण हुन्छ। अप्रशोधित बीज अंकुरण हुन धेरै समय लाग्छ र अंकुरण प्रतिशत पनि कम हुन्छ। केही नर्सरीहरूमा बीजलाई तातो पानीले भिजाएर २४–७२ घण्टासम्म राखेर ब्याडमा छरिएपछि एकदेखि तीन महिनापछि देखि वर्षभरी अंकुराउन थाल्छ।
सहरी/कृषि वन प्रयोग
मालाको दाना पवित्र मूल्यको कारण यो घरको बगैँचा र सहरको सानो उद्यानहरू वरपर रोपिने वनस्पति हो। आजकाल सामान्यतया नेपाल र भारतका धार्मिक सम्पदाको परिसरमा रोपिएको पाइन्छ। विशेषगरी पूर्वी नेपालका संखुवासभा, भोजपुर जिल्लाबाट उत्पादित रुद्राक्ष नेपालबाट निकासी हुने गरेको छ। एक वा दुई मुखे रुद्राक्षको दानाको मूल्य बढी हुन्छ र बढी मूल्यमा बिक्री हुन्छ।
थप अध्ययन
Department of Forest, 2011 Species Leaflets for 131 Woody Species.
Jackson, J.K. (1994) Manual of Afforestation in Nepal, FORESC, MOFSC, Kathmandu.