Let’s Build Your City

कल्की

June 9, 2021

Callistemon viminalis (Sol. ex Gaertn.) G. Don
अङ्ग्रेजी नाम: Bottle brush tree
परिवार: Myrtaceae

उत्पत्तिस्थल र फैलावट

यस अष्ट्रेलियाली रूख नेपाललगायत उष्ण क्षेत्रमा र स्थानीय मानिसहरूलाई वितरणको लागि वन नर्सरीहरूमा व्यापक रूपमा रोपिन्छ। रूख तराई र करिब १८०० मिटरसम्म सफलतापूर्वक हुर्काउन सकिन्छ।

विवरण

यो खस्रो बोक्रा भएको सानो सदाबहार रूख हो। पातहरू एकान्तर, कडा, ३-८ सेमि x ६ मिमिका हुन्छन्। फूल बोतल ब्रश जस्तै रातो, लामो पुंकेशरसहित, डाँठमा बाक्लो बेलनाकार झुप्पा फुल्छ।

वन संवर्द्धन विशेषताहरू

माटो: यसले दलदले र मौसमी बाढी क्षेत्रहरू र केही खस्रो माटो सहन्छ।

प्रसारण

प्रायः बीजद्वारा र कहिलेकाहीँ काण्ड कटिङ गरेर प्रसारण गरिन्छ। बीज सेप्टेम्बर-मार्चमा पाक्छ, र प्रति किलोग्राम ८५०,००० बीजहरू हुन्छन्। बीज सेप्टेम्बर–अक्टोबरमा १००० मिटरभन्दा बढी उचाइमा र मार्च–अप्रिलमा १००० मिटरभन्दा कम उचाइमा छर्नुपर्छ। यसलाई कटिङ गरेर पनि बढाउन सकिन्छ।

प्रयोग

लगभग ८०० किलोग्राम प्रति घन मिटर हुने काठ कडा र गह्रौँ हुन्छ, यो काठमाडौं उपत्यका र नेपालभर सडकको किनारमा र बगैंचामा समेत रोपिने शोभनीय  रूख हो।

थप अध्ययन

Jackson, J.K. (1994) Manual of Afforestation in Nepal, FORESC, MOFSC, Kathmandu