Let’s Build Your City

वृक्षरोपण टूलकिट – प्रभावकारी वृक्षरोपण मार्गदर्शन

July 1, 2021

वृक्षरोपण टूलकिट  खासगरी सहरी क्षेत्रमा प्रभावकारी वृक्षरोपणको लागि मार्गदर्शन गर्ने एक निर्देशिका हो ।यो वन तथा भू-संरक्षण विभाग र काठमाडौं स्थित ब्रिटिश दूतावासको सहयोगमा ब्रिटिश काउन्सिलको जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्र सङ्घिय प्रारुप महासन्धिको पक्ष राष्ट्रहरुको २६सौ सम्मेलन (Conference of Parties-COP) रोड टू कोप २६ अभियान अन्तर्गत स्टोरी साइकलको संयुक्त प्रयास हो। 

यस माध्यमबाट वृक्षरोपण स्थल निजी उद्यान, सडक र नदी किनाराको क्षेत्र वा सामुदायिक एवं  सार्वजनिक क्षेत्रमा प्रभावकारी  ढङ्गले  वृक्षरोपण गर्न तपाइलाई सहयोगी हुनेछ ।यसले नेपालको तीन अलग-अलग धरातलीय भौगोलिक स्वरूपलाई समेट्ने पर्यावरणीय क्षेत्रहरू हिमाल, मध्य पहाड र समतल तराईको सहरका लागि वृक्षरोपण गर्ने सबै भन्दा उपयुक्त प्रजातिका विरुवाहरुको विवरण उपलब्ध गराउँदछ । 

वृक्षरोपणपूर्व आवश्यक स्रोतहरूमा पहुँच बढाउनको लागि नर्सरीहरू र बिरुवा वितरण गर्ने सेवा प्रदायकहरूको जानकारी समावेश गरिएको छ। सहरी परिवेशमा वृक्षरोपण कार्यक्रम वा अभियानको डिजाइन विकास र वितरणका लागि निम्न विवरणहरु   टूलकिटमा विस्तृत रूपमा दिइएको  छ। 

अन्त्यमा, वृक्षरोपणकर्ताहरुको लागि उनीहरूले विभिन्न क्रियाकलापहरु गर्दा उत्सर्जन भएको कार्बनलाई अफसेट गणना गर्न मद्दतको लागि कार्बन अवशोषण गणना गर्ने साधारण नमूना संलग्न गरिएको छ।

हरित गाउँ – सहर
प्रभावकारी वृक्षरोपण मार्गदर्शन