Let’s Build Your City

लौठसल्ला

June 9, 2021

Taxus wallichiana (Zucc.) Pilger
अङ्ग्रेजी नाम: Himalayan Yew
परिवार: Taxaceae

उत्पत्तिस्थल र फैलावट

लौठसल्ला चीनको दक्षिण-मध्य, पूर्वी हिमालय, लाओस, म्यानमार, नेपाल, फिलिपिन्स, सुलावेसी, सुमात्रा तिब्बत र भियतनामको रैथाने वनस्पति हो। नेपालमा यो २३००-४४०० मिटरमा छत्रको मुनि उम्रेको पाइन्छ। यो देवदार,झुले सल्ला, हेमलक, गोब्रे सल्ला र तिखे बाँझसँग मिसिएर हुर्कने गर्दछ। यो हुम्ला-जुम्ला क्षेत्रको सुख्खा भित्री उपत्यका,अन्नपूर्ण पद मार्गको उच्च उचाइमा फैलिएको छ।

यो वनस्पति नेपालमा समुद्र सतहबाट १५०० देखी २७०० मिटरको उचाइको जङ्गलहरूमा पाइने गर्छ।

विवरण

लौठसल्ला ३० मिटर सम्म अग्लो हुने सदाबहार रूख हो। यसको गाढा हरियो पात र पातलो गाढा रातो खैरो बोक्रा हुन्छ। पातहरू दुई पङ्क्तिमा १.५–२.८ सेन्टिमिटर x 2 मिमि, माथिल्लो भाग गाढा हरियो, तल्लो भाग फिक्का हुन्छ। दाना जस्तो देखिने रातो गुदीले बीज ढाकेको हुन्छ।

वन संवर्द्धन विशेषताहरू

यो अत्यधिक छाया सहनशील सदाबहार रूख हो।

प्रसारण

● बीज सोझै  पोली पटमा छरिन्छ।  

● अंकुरण हुन प्राय:  धेरै समय लाग्छ र वृद्धि ढिलो हुन्छ, त्यसैले बिरुवालाई रोप्न अघि नर्सरीमा दुई वर्ष वा सोभन्दा बढी समय चाहिन्छ। यसलाई कटिङ गरेर पनि प्रसारण गर्न सकिन्छ।

जैविकत्व: बन्द कन्टेनरहरूमा ४ वर्ष; अंकुरण ९५% भन्दा बढी।

प्रयोग

काठ कडा, राम्रो र दाना भएको र केही गह्रौँ हुन्छ (लगभग ७०० किलोग्राम प्रति घन मिटर )। उच्च पहाडहरूमा यसको काठ भवन निर्माण गर्न प्रयोग गरिन्छ। युरोपमा, लौठसल्लालाई भवन र आवासीय सुविधाहरूको वरिपरि जीवित  बारको रूपमा घेरा सजाउन प्रयोग गरिन्छ। पश्चिमी उच्च हिमाली क्षेत्रहरूमा यसको पातहरू गाईवस्तुहरूको लागि डालेघाँसको रूपमा प्रयोग गरिन्छ।

थप अध्ययन

Department of Forest, 2011 Species Leaflets for 131 Woody Species. 

Jackson, J.K. (1994) Manual of Afforestation in Nepal, FORESC, MOFSC, Kathmandu.