Let’s Build Your City

कोइरालो

June 9, 2021

Bauhinia variegata L.
अङ्ग्रेजी नाम: Orchid tree/ Mountain Ebony
परिवार: Fabaceae

उत्पत्तिस्थल र फैलावट

कोइरालो चीन र भारतीय उपमहाद्वीपको शीतोष्ण एवं उष्ण क्षेत्रमा पाइने रैथाने वनस्पति हो। यो अफ्रिका, अमेरिकाको उष्ण क्षेत्र, वेस्ट इन्डिज, र हिन्द तथा प्रशान्त महासागरका धेरै टापुहरूमा रोपियो। यो नेपालको उष्ण देखि समशीतोष्ण क्षेत्रहरूमा ६०–१९०० मिटरसम्म पाइन्छ।

विवरण

परिपक्वतामा उचाइ: कोइरालो छिटो बढ्ने, आकर्षक, सानो देखि मझौला आकारको पतझर रूख हो । यसको बाक्लो, फैलिएको वृक्षछत्र हुन्छ; यो १०-१२ मिटर अग्लो हुन सक्छ। रूख २-३ वर्षको उमेरमा नै फूल फुल्न थाल्छ।

आकार: रूखमा प्राय: एक भन्दा बढी मुख्य काण्ड हुन्छ; काण्ड छोटो र अक्सर बाङ्गो हुन्छ। वृक्षछत्र हल्का फैलिएको हुन्छ। यो सल्ला र चिलाउने पाइने वनमा प्रायः पाइन्छ। 

फूल र फूल फुल्ने: कोइरालो फूल चम्किलो गुलाबी वा सेतो रंगका हुन्छ। यो जनवरी-फेब्रुअरीदेखि अप्रिल-मेसम्म फूल फुल्ने र मार्च-जुलाईसम्म फल्छ।

वन संवर्द्धन विशेषताहरू

खेती: कोइरालो गर्मी, शुष्क ग्रीष्मकाल र मन्द जाडो भएको उष्ण एवं उपोष्ण हावापानीमा हुने वनस्पति हो। यो  औसत अधिकतम तापक्रम ३०-४२ डिग्री सेल्सियस र  औसत न्यूनतम तापक्रम ७-१४ डिग्री सेल्सियस भएको १,८०० मिटर सम्मको उचाइमा राम्ररी बढ्छ। बिरुवाहरूले आफ्नो रैथाने दायरामा -२ डिग्री सेल्सियस सम्म तापक्रम घटेको अनुभव गर्न सक्छन्। औसत वार्षिक वर्षा ५००-२,५५० मिमि हुनुपर्छ। अनुकूल अवस्थाहरूमा एक वर्ष पुरानो बिरुवाहरू २ मिटर भन्दा बढी उचाइमा पुग्न सक्छन्। रूख खडेरी प्रतिरोधी तर आगोमा संवेदनशील हुन्छ। बिरुवालाई नयाँ क्षेत्रहरूमा रोप्नु अघि केही हेरचाह गर्नुपर्छ किनभने यो मिचाहा हुन सक्छ।

माटो: यसले उर्वर, चिस्यान रहने तर राम्रोसँग निकास भएको माटोलाई प्राथमिकता दिन्छ, जसलाई घमाइलो स्थान चाहिन्छ।

प्रसारण र वृक्षरोपण

बीजबाट: २४ घण्टा तातो पानीमा भिजाउने र त्यसपछि यथास्थानमा रोप्ने। यो विधि नर्सरी ब्याडमा हुर्काउन र बेर्ना एक वर्षको हुँदा सार्नु भन्दा बढी सफल छ। यदि नर्सरीको ब्याडमा छरिएमा बिरुवाहरू अन्तिम स्थानमा राख्नुपर्छ जब कि ती अझै साना हुन्छन् – ती अंकुरेको १ महिना भित्र जरा ५० सेन्टिमिटर लामो र १ मिटर उचाइको हुन्छन्। १२ महिना भण्डारण पछि पनि उच्च स्तरको प्रजनन क्षमता देखाउँदै बीज ४-१० दिन भित्र सजिलै अंकुरित हुन्छ। 

पातहरू हटाएर, ओसिलो बालुवामा जुलाई/अगस्टमा फ्रेममा परिपक्व नभएको काठको कटिङ रोपिन्छ। सामान्यतया तल्लो भागमा मन्द ताप आवश्यक छ। कटिङले कठिनतासाथ जरा हाल्छ। लेयरिङ पनि गर्न सकिन्छ।

उत्पादन र प्रयोग

यो उष्ण एवं उपोष्ण हावापानीमा ज्यादै लोकप्रिय शोभनीय रूख हो, यसलाई बास्नादार फूलको लागि रोपिन्छ र भारतीय भोजनमा खानाको रूपमा पनि प्रयोग गरिन्छ। फूल र फूलका कोपिलाहरू उमालेर तरकारी वा अचारको रूपमा खाइन्छ। बोक्राको रस झाडापखाला र पेटको अन्य विकारहरूको उपचारमा प्रयोग गरिन्छ। सुकेको कोपिला हर्सा, झाडापखाला, र जुकाको उपचारमा प्रयोग गरिन्छ। फूलको रस पखाला, र पेटको अन्य विकारहरूको उपचार गर्न प्रयोग गरिन्छ।

सहरी/कृषि वन प्रयोग

यो आकर्षक शोभनीय रूख हो र सडक किनारमा रोपिन्छ। यो पहाडमा लोकप्रिय डालेघाँस हो। फूलहरू तरकारीको (सामान्यतया नेपालमा चटनी/अचार) रूपमा प्रयोग गरिन्छ । यो वसन्त ऋतुमा फूल फुल्ने मौसममा धेरै आकर्षक देखिन्छ। यसलाई सहरको सानो उद्यानहरूमा रोप्न सकिन्छ।

थप अध्ययन

Tropical Plants Database, Ken Fern. tropical.theferns.info. 2021-04-26.
Department of Forest, 2011 Species Leaflets for 131 Woody Species. 
Jackson, J.K. (1994) Manual of Afforestation in Nepal, FORESC, MOFSC, Kathmandu.