Let’s Build Your City

कपूर

June 9, 2021

Cinnamomum camphora (L.) J. Presl
अङ्ग्रेजी नाम: Camphor tree
परिवार: Lauraceae

उत्पत्तिस्थल र फैलावट

 चीन, ताइवान, कोरिया र जापानको रैथाने तर विश्वका धेरै भागहरूमा व्यापक रूपमा रोपिन्छ।  नेपालमा २००० मिटरसम्म खेती गरिन्छ। यसलाई नेपालमा प्रायः रैथाने प्रजातिजस्तै अनुकूलित  गरिएको छ।

विवरण

यो २०-३० मिटर अग्लो हुने सदाबहार रूख हो। हाँगाहरू कालो र झुस भएका हुन्छन्। पातहरूमा कपुरको गन्ध हुन्छ; एकान्तर,  ५-१२ सेन्टिमिटर लामो डाँठहरूमा पात रहेका हुन्छन्, माथिल्लो भाग चम्किलो, तल्लो भाग  सेतो, भिन्न मध्यशिरा, २-३ जोडी गौण नशाहरू हुन्छन्। फूल पहेँलो, पातहरू भन्दा छोटो झुप्पामा फुल्छन्। फल ६-१० मिलिमिटर चौडा गोलाकार पाकेको बेला कालो हुन्छ।

Cinnamomum camphora

वन संवर्द्धन विशेषताहरू

यसले केही हदसम्म तुषारो सहन सक्छ। यो व्यापक मात्रामा रोपिन्छ। यसको मुना राम्ररी पलाउछ। यो सन् १९७९ देखि काठमाडौं उपत्यकामा लगभग अनुकूलित भएको छ।

माटो

यो ओसिलो, गहिरो बलौटे दोमट, खोला नजिकैको पाँगो माटोमा राम्ररी हुर्कन्छ। यो कम उर्वर माटोमा बढ्छ, तर  वृद्धिदर धेरै सुस्त हुन्छ।

पुनरुत्पादन

यो बीजबाट पुनरुत्पादन हुन्छ।

प्रसारण 

फल सेप्टेम्बर र नोभेम्बर बीचमा कालो भएपछि पाक्छ। प्रति किलो ३५०० बीजहरू हुन्छन्। बीज तैलीय हुन्छ र केही महिनाको लागि मात्र यसको जैविकत्व कायम राख्छ। फलबाट पल्प हटाइसकेपछि, बीज तुरुन्तै, ब्याड  वा ट्रेमा छर्नु पर्छ। अंकुरण कम हुन्छ र अंकुरण प्रायः छ महिना देखि १२ महिना सम्म धेरै लामो समय लाग्छ।  

बीज छायादार ब्याडमा छर्नु पर्छ र बिरुवाहरू २-४ सेन्टिमिटर अग्लो भएपछि ठूलो पोलिपोटहरूमा सार्नु पर्छ। अक्टोबरदेखि नोभेम्बरमा छरिएको बीजेले दोस्रो मनसुनमा ३० देखि ४० सेन्टिमिटर अग्लो बिरुवा उत्पादन गर्छ, अर्थात् नर्सरीमा करिब २० महिनापछि। ठुटोबाट पनि प्रसारणको सफलतापूर्वक प्रयोग गरिएको छ।

उत्पादन

रूखहरू करिब पाँच वर्षको हुँदा झाडी वा बारको आकारमा काटिन्छन् र सामान्यतया पातहरू र डालाहरूबाट उत्पादन गरिने कपुरको लागि काटेर यस आकारमा राखिन्छन्।

सहरी/कृषि वन प्रयोग

यो नेपालको सडक किनार र बगैंचा परिसरमा, र काठमाडौं (त्रिभुवन विश्वविद्यालय परिसर भित्र देखिने) मा रोपिने प्रचलित बिरुवा हो। यो सधैं सदाबहार देखिन्छ र मानिसहरूले मन पराउँछन्, यद्यपि यसमा चराहरू र जनावरहरू आकर्षित हुँदैनन्। यो हरियाली कायम राख्न प्रयोग गर्न सकिन्छ किनभने यो पहिले नै नेपालको विभिन्न माटो र स्थानहरूमा अनुकूलित छ।

थप अध्ययन

Department of Forest, 2011 Species Leaflets for 131 Woody Species. 

Jackson, J.K. (1994) Manual of Afforestation in Nepal, FORESC, MOFSC, Kathmandu.