Salix L.
अङ्ग्रेजी नाम: Willow
परिवार: Salicaceae
उत्पत्तिस्थल र फैलावट
नेपालमा बैँसको करिब ३० प्रजाति छन् । Salix babylonica L. र Salix disperma Roxb. ex D. Don नेपालको समशीतोष्ण क्षेत्रमा वृक्षरोपणका लागि प्राथमिकतामा परेका प्रजाति हुन्। S. babylonica चीनको रैथाने वनस्पति हो। यो १४००-३६५० मिटर सम्म पाइएको छ, र S. dipserma १५००-३५०० मिटर सम्म पाइएको छ। S. disperma अफगानिस्तान, हिमालय, कश्मीर देखि भुटान, असम, तिब्बत, उत्तर बर्मा र चीन सम्म, १५००-३५०० मिटरको उचाइमा पाइन्छ।
काठमाण्डौ उपत्यकामा दुवै प्रजातिको बिरुवा व्यापक रुपमा रोपिन्छ। बैँस अग्ला पहाडमा लगाइन्छ र अन्य केही प्रजाति अर्घाखाँची र अन्य जिल्लाको खोला किनारमा लगाइन्छ ।
विवरण
Salix babylonica (Weeping Willow) आकर्षक शोभनीय रूख हो, यसको झुलिने हाँगाहरूको लागि व्यापक रूपमा खेती गरिन्छ जसले रोमान्टिक प्रभाव दिन्छ, विशेष गरी जब रूख नदीको तीरमा हुन्छ। यो २० देखि २५ मिटर अग्लो हुने मध्यम आकार देखि ठूलो पतझर रूख हो। मुनाहरू पहेँलो-खैरो हुन्छन्। पातहरू घुमाउरो रूपमा मिलेर रहेको, हल्का हरियो, शरद ऋतुमा सुनौलो- पहेँलो रङ्गमा बदलिन्छ। फूलहरू अप्रिल देखि मे सम्म झुलेको गुच्छेदार फुल्छन्।
Salix disperma (Wallich Willow) एउटा सानो रूख हो जुन १० मिटर अग्लो हुन्छ, जसका हाँगाहरू नीलो खैरो, झुस विहीन हुन्छन्; कलिला हाँगाहरू लगभग झुस विहीन हुन्छन्। पातहरू उल्टो तिर फिक्का, सुल्टो तिर चूर्ण जस्तो र हरियो हुन्छन्; फूल मार्च-जूनमा फुल्छन्।
पीपल प्रजाति सँगै सालिक्स प्रजातिहरू, विशेष गरी सुक्खा मुस्ताङ क्षेत्रमा छन् जहाँ ती प्रायः एक मात्र रूखहरू हुन्।
वन संवर्द्धन विशेषताहरू
वृद्धि धेरै हदसम्म चाँडो हुन्छ। अधिकांश प्रजातिहरूले मुना हाल्छन् र टुप्पो वा हाँगा काट्दा राम्ररी बढ्छन्। सलिक्सका दुवै प्रजाति तुषारो सहन सक्ने र प्रकाश चाहिने हुन्छन्।
माटो: बैँस ओसिलो माटोमा राम्रो हुन्छ, खोला र सिँचाइ नहर नजिकै; धेरै हदसम्म पानी जम्ने स्थानमा र दलदल क्षेत्रहरूमा रोप्नको लागि उपयुक्त छन् तर माटो चिम्ट्याइलो हुनु हुँदैन।
पुनरुत्पादन
कटिङ गरेर रोप्न सकिन्छ।
प्रसारण
पीपल प्रजातिहरूका लागि प्रयोग गरिएका जस्तै कटिङ गरेर प्रसारण गरिन्छ र २–२.२५ मिटर लामो ५-७ सेन्टिमिटर व्यासमा ठूला कटिङ गरेर हुर्काउन सकिन्छ।
उत्पादन र प्रयोग
हाँगाबिँगा टोकरी बनाउन र पातहरू (मार्चदेखि नोभेम्बर) डालेघाँसको रूपमा प्रयोग गरिन्छ। पात र बोक्रा टनिक र तितो हुन्छन् , र ज्वरोको उपचारको लागि प्रयोग गरिन्छ: सेलिसाइलिक एसिड, बैंसको बोक्राबाट बनाइन्छ।
सहरी/कृषि वन प्रयोग
रूख खोलाको किनारमा र अग्ला पहाडमा सडकको किनारमा रोपिन्छ । मुस्ताङ र मनाङमा खोलाको किनार र आसपासका फोहोर र ओसिलो ठाउँमा पनि रोपिएको छ। यसको घाँस गाईवस्तुका लागि पनि प्रयोग गरिन्छ तर यसलाई बायोइन्जिनियरिङका रूपमा नदी संरचनाका लागि लगाइन्छ।
थप अध्ययन
Department of Forest, 2011 Species Leaflets for 131 Woody Species.
Jackson, J.K. (1994) Manual of Afforestation in Nepal, FORESC, MOFSC, Kathmandu.