Let’s Build Your City

पारिजात

June 9, 2021

yctanthes arbor-tristis L.
अङ्ग्रेजी नाम: Night Flowering / Coral Jasmine
परिवार: Oleaceae

उत्पत्तिस्थल र फैलावट

पारिजात नेपाल, भारत, भुटान, श्रीलंका र इन्डोनेसियामाको रैथाने वनस्पति हो। आजकाल शोभनीय वनस्पतिको रूपमा जताततै रोप्ने गरिन्छ। यो उष्ण एवं उपोष्ण क्षेत्रहरूमा बढ्छ र सामान्यतया, यो भारत, नेपाल, श्रीलंका, मलेसिया र इन्डोनेसियामा नजिकैका मन्दिरहरूमा रोपिन्छ। यो सुख्खा पहाडमा र सुख्खा पतझर वन भित्र हुर्कन्छ।  यसले सानो ठूलो सबै प्रकारको वर्षा सहन सक्छ।

विवरण

परिपक्वतामा उचाइ: पारिजात सामान्यतया फैलिएको हाँगाहरू भएको १० मिटरसम्म अग्लो हुने ठूलो झाडीदार वनस्पति हो। यो बिरुवा रोपेको एक वर्ष भित्र फूल फुल्न सुरु हुन्छ। झाडीले सजिलै मुना हाल्दछ। 

फूल र फूल फुल्ने: फूल जुलाई-अक्टोबरमा फुल्छ। फूल सेतो, मीठो सुगन्धित, डाँठ रहित, रेसा भएको ३-७ वटा चतुर्भुज आकारको डाँठमा झुप्पा फुलेका हुन्छ। पत्रदल ट्यूब फनेल आकारको, कोरोला ट्यूब बेलनाकार, सुन्तला रातो, लोब्स सेतो हुन्छ। फूल सूर्यास्तमा खुल्छ र सामान्यतया अर्को दिन सूर्योदयपछि ओइलाउँछ । 

वन संवर्द्धन विशेषताहरू

खेती: यसले मौसमीदेखि गैर-मौसमीसम्म वर्षाको मिश्रित ढाँचालाई सहन सक्छ। पारिजातलाई अर्ध छायादार ठाउँ चाहिन्छ। 

माटो: यो प्रजाति विभिन्न प्रकारका दोमट माटोमा र सामान्य बगैंचामा पाइने माटोमा पिएच ५.६–७.५ मा राम्रोसँग बढ्छ। बिरुवालाई पूर्ण सूर्यको प्रकाशदेखि आंशिक छहारीसम्म फरक अवस्था चाहिन्छ र नियमित रूपमा पानी हाल्नु आवश्यक छ, तर धेरै पानी हाल्नु पर्दैन।

प्रसारण र वृक्षरोपण

पारिजात बीज वा कटिङबाट सजिलै प्रसारण गरिन्छ। बिरुवा मध्यम छहारीमा सहनशील छ र सुक्खा पहाडी छहारीको चट्टानी जमिनमा बढ्न सक्छ। यसको अत्यधिक मनमोहक र असाधारण सुगन्धको कारण यो प्राय: बगैंचामा रोपिन्छ। 

अवशोषित बीजबाट निस्कने फिनोलिक यौगिकहरूका कारण बीजको अंकुरण दर कम भएको पाइएको छ।

सहरी/कृषि वन प्रयोग

यो प्राय: बगैंचा र मन्दिरहरूमा शोभनीय बिरुवाको रूपमा प्रयोग गरिन्छ। यो कहिलेकाहीँ बारको रूपमा रोपिन्छ।

उत्पादन र प्रयोग

फूललाई हिन्दू धर्मावलम्बीहरूले धार्मिक उद्देश्यका लागि प्रयोग गर्ने गर्छन्। सुगन्धित फूलहरूमा पाइने प्राकृतिक तेल जुन चमेलीको तेल जस्तै हुन्छ, अत्तरको रूपमा प्रयोग गरिन्छ। पारिजात अल्कालोइड, फाइटोस्टेरोल, फेनोलिक्स, ट्यानिन, फ्लाभोनोइट, ग्लाइकोसाइड र स्यापोनिन जस्ता उपयोगी मेटाबोलाइट्सको अद्वितीय स्रोत भएको एक मूल्यवान औषधीय वनस्पति हो।  

काठ कहिलेकाहीँ पर्खाल निर्माण गर्न प्रयोग गरिन्छ। काठ एकदम गह्रौँ, खैरो, वार्षिक चक्र भएको र सामान्य कडा हुन्छ। कलिला हाँगा टोकरी बनाउन प्रयोग गरिन्छ।

थप अध्ययन

Rani, C., Chawla, S., Mangal, M., Mangal, A. K., Kajla, S., & Dhawan, A. K. (2012). Nyctanthes arbor-tristis Linn.(Night Jasmine): A sacred ornamental plant with immense medicinal potentials.

Tropical Plants Database, Ken Fern. tropical.theferns.info. 2021-04-28.

Tropical Plants Database, Ken Fern. tropical.theferns.info. 2021-05-21. <tropical.theferns.info/viewtropical.php?id=Nyctanthes+arbor-tristis>