Dalbergia sissoo DC.
अङ्ग्रेजी नाम: Indian Rosewood
परिवार: Fabaceae
उत्पत्तिस्थल र फैलावट
सिसौ अफगानिस्तान, बंगलादेश, पूर्वी हिमालय, भारत, इरान, म्यानमार, नेपाल, पाकिस्तान, पश्चिम हिमालयको रैथाने वनस्पति हो। यो शिवालिक पर्वतमाला क्षेत्रमा तटीय वनको एक प्रमुख भाग हो र २०० मिटर माथि पाइन्छ, तर १,४०० मिटर सम्म पाउन सकिन्छ।
विवरण
परिपक्वतामा उचाइ: सिसौ ३० मिटरसम्म अग्लो हुने मध्यम आकारको पतझर रूख हो। यसको बिरुवा १२-१५ वर्षमा परिपक्व हुन्छ।
आकार : काण्ड प्राय: बाङ्गो र ८ मिटर सम्म हाँगा रहित हुन्छ, कहिलेकाहीँ २० मिटर सम्म।
फूल र फूल फुल्ने: सेप्टेम्बर-अक्टोबरमा फूल फुल्न सुरु हुन्छ। सिसौले प्रशस्त फूल उत्पादन गर्न थाल्छ, यी पातको अक्षबाट साना हाँगाहरूमा उत्पादन हुने साना उभयलिंगी फूलहरू हुन्। फूलहरू सेतो देखि गुलाबी, सुगन्धित, डाँठ रहित, लगभग १.५ सेन्टिमिटर लामो, र ५-१० सेन्टिमिटर लम्बाइमा बाक्लो झुप्पा फुल्छन्। बीजकोष आयताकार, चेप्टो, पातलो, पट्टा-जस्तो र हल्का खैरो रंगका हुन्छन्। बीजकोषमा एक देखि पाँच वटा सिमी आकारको चेप्टो बीज हुन्छन्।
वन संवर्द्धन विशेषताहरू
खेती: सिसौ उष्ण एवं उपोष्ण क्षेत्रमा हुने वनस्पति हो। यो मौसमी मनसुन मौसम र ६ महिना सम्मको सुख्खा मौसममा अनुकूलित हुन्छ। यो ६००-९०० मिलिमिटर वार्षिक वर्षा भएको क्षेत्रहरूमा सफलतापूर्वक रोपिएको छ, जुन धेरै अन्य काठ प्रजातिहरूको लागि अत्यन्त सुख्खा अवस्था हो। यद्यपि, उचित वृद्धिको लागि वार्षिक १,००० मिलिमिटर भन्दा बढी वर्षा आवश्यक छ। यो केही चिसो सहिष्णु छ, न्यूनतम तापमान -4 डिग्री सेल्सियसमा बाँच्न सक्छ, र 45 डिग्री सेल्सियस सम्मको तापक्रम पनि सहन सक्छ। नेपालमा खेती गरिने सिसौमा मुना वा हाँगा मर्ने गम्भीर समस्या देखिएको छ।
माटो: यो सामान्यतया नेपालको नदी किनारको पाँगो माटोमा हुर्कन्छ। सिसौलाई उर्वर, दोमट माटो र घाम लाग्ने स्थान चाहिन्छ। यो कमसल माटोमा फस्टाउँछ तर निकास राम्रो नभएको वा ढुङ्गायुक्त माटोमा यसको वृद्धिमा बाधा हुन्छ। अम्लदेखि तटस्थ माटोमा राम्रोसँग बढ्छ र क्षारीय माटोमा राम्रो हुन्छ। परिपक्व रूखहरू खडेरी प्रतिरोधी हुन्छन् र ९ महिना सम्म सुक्खा सामना गर्न सक्छन्।
प्रसारण र वृक्षरोपण
यो प्रजाति बीज, जमिनभित्र रहेका काण्डबाट पलाएको मुना र काण्ड कटिङबाट प्रजनन हुन्छ। बीजहरूमा षुसुप्तता हुँदैन, र परिपक्व रूखहरूबाट ताजा बीज प्रयोग गर्दा अंकुरण दर लगभग १००% हुन सक्छ। बीजको पूर्व-प्रशोधन आवश्यक छैन तर १२-२४ घण्टाको लागि पानीमा भिजाउँदा अंकुरण छिटो हुन्छ। ताजा बीज अंकुरण हुन ७-२१ दिन लाग्छ। अंकुरण अवधिमा दिनको सबैभन्दा तातो समयमा छायामा राख्नु पर्छ। यसको प्रति किलोग्राम ३०,०००-४०,००० बीजहरू हुन्छन्।
उत्पादन र प्रयोग
यो मुख्यतया खदिलो चुरोको लागि रोपिन्छ, जुन दक्षिण एसियामा सामान्य-प्रयोग गर्ने उत्कृष्ट काठहरू मध्येको एक हो र सामान्यतया उत्कृष्ट फर्नीचर र समुद्रमा उपयुक्त प्लाइवुडको लागि प्रयोग गरिन्छ। चुरो टिकाउ छ, तर चुरो र बोक्रा बीचको तह किरा र ढुसीले क्षति पुर्याउछ। यो डालेघाँस र माटो संरक्षणको लागि पनि उपयोगी छ र शोभनीय रूखको रूपमा पनि रोपिन्छ।
सहरी/कृषि वन प्रयोग
यो हिमालयको कृषि वन प्रणालीमा छहारी रूखको रूपमा, क्षय भएको माटोको पुन: वनीकरणको लागि, र नाइट्रोजन स्थिरीकरण र चिस्यान राख्न रोपिन्छ। यो हावा रोक्ने र बाली जोगाउन बारको रूपमा पनि रोपिएको छ। सिसौमा सुनाखरी राम्ररी हुर्कन्छ।
थप अध्ययन
Tropical Plants Database, Ken Fern. tropical.theferns.info. 2021-04-26.
Sharma, M. K., Singal, R. M., & Pokhriyal, T. C. (2000). Dalbergia sissoo in India. Dalbergia sissoo in India., (18), 5-16.
Joshi, R. B., & Baral, S. R. (2000). A report on die-back of Dalbergia sissoo in Nepal. A report on die-back of Dalbergia sissoo in Nepal., (18), 17-22.
Department of Forest, 2011 Species Leaflets for 131 Woody Species.
Jackson, J.K. (1994) Manual of Afforestation in Nepal, FORESC, MOFSC, Kathmandu