Let’s Build Your City

फलेदो

June 9, 2021

Erythrina stricta Roxb.
अङ्ग्रेजी नाम: Coraltree
परिवार: Fabaceae

उत्पत्तिस्थल र फैलावट

यो पश्चिम नेपालदेखि दक्षिण पश्चिम चीन, भारत र म्यानमारसम्म फैलिएको छ। नेपालमा यो १००० देखि १६०० मिटरको उचाइमा पाइन्छ।

विवरण

परिपक्वतामा उचाइ:  यो बोक्रा खस्रो हुने ठूलो रूख हो ; काँठ र पातका डाँठहरूमा पछिल्तिर फर्केको काँडा हुन्छ;  पातमा तीन पत्रक हुन्छन्।

फूल र फूल फुल्ने: फूल रातो हुन्छ; वसन्तमा  पातविहीन कडा काँडादार हाँगाहरूको टुप्पोमा फुल्छ। मार्च-अप्रिलमा फूल फुल्छ।

वन संवर्द्धन विशेषताहरू

यसलाई बलौटे दोमट माटो चाहिन्छ र यसको वृद्धि सुस्त हुन्छ। मुना पलाउने क्षमता कम छ। एकपटक स्थापित भएपछि तीव्र वृद्धि हुन्छ।

प्रसारण

एक किलोग्राममा लगभग २००० बीजहरू हुन्छन्; बीजकोष प्राकृतिक रूपमा नफक्रेसम्म छायामा सुकाउनु पर्छ  ; रोप्ने समय अप्रिल-मे (१००० मिटर भन्दा कम उचाइमा) र मार्च (१००० मिटर भन्दा बढी उचाइमा)। जमिनमा बिरुवा सार्नु अगाडि नर्सरीमा ८-१६ हप्ता राखिन्छ।

वानस्पतिक प्रसारण

कटिङ: कटिङको लागि बिरुवा रोप्नु अघि ब्याडमा बढ्न दोब्बर समय लाग्न सक्छ। साधारणतया १५ सेन्टिमिटर लामो कटिङ जनवरी-फेब्रुअरी बीचमा संकलन गर्नुपर्छ। कटिङ पहिलो २-३ महिनाको लागि छायामा नर्सरी ब्याडहरूमा  राखिन्छ, त्यसपछि प्रत्येक ३-४ हप्तामा समान अन्तरमा रोपिन्छ र जरा-छाँट्ने गरिन्छ। 

सहरी/कृषि वन प्रयोग

फलेदो मुख्यतया डालेघाँसको लागि, र सडकको छेउमा शोभनीय उद्देश्यका लागि पनि रोपिन्छ। कटिङ जैविक बारको रूपमा प्रयोग गर्न सकिन्छ। 

थप अध्ययन

Department of Forest, 2011 Species Leaflets for 131 Woody Species. 

Jackson, J.K. (1994) Manual of Afforestation in Nepal, FORESC, MOFSC, Kathmandu.