बकाइनो

12 months ago

Melia azedarach L.
अङ्ग्रेजी नाम: Chinaberry tree / Persian lilac / Indian lilac
परिवार: Meliaceae

उत्पत्तिस्थल र फैलावट

बकाइनो चीन, जापान, भारतीय उपमहाद्वीप, दक्षिण-पूर्वी एशिया र उत्तरी तथा पूर्वी अष्ट्रेलियाको ठूलो क्षेत्रको रैथाने वनस्पति हो। यो सामान्यतया नेपालमा ७०० देखि १३०० मिटर सम्म पाइन्छ।

विवरण

परिपक्वतामा उचाइ: बकाइनो चाँडो बढ्ने, पतझर रूख हो जुन घना, ओसिलो जङ्गलहरूमा लगभग ४५ मिटरको उचाइमा पुग्न सक्छ, यद्यपि यो चिसो र सुख्खा क्षेत्रहरूमा धेरै सानो हुन्छ जहाँ यो कहिलेकाहीँ हुर्कन्छ र केवल १० – १५ मिटर अग्लो हुन सक्छ।

आकार: सुरिलो बेलनाकार काण्डको २० मिटर सम्म हाँगाहरू हुँदैनन्। रूख सामान्यतया पतझर हुन्छ, तर आर्द्र उष्ण क्षेत्रमा केही सदाबहार हुन्छन्। यो राम्ररी मुना आउने प्रजाति हो।

फूल र फूल फुल्ने: पहेँलो  बैजनी वा बैजनी पाँच पत्रदल भएको झुप्पामा फुल्ने फूल साना र सुगन्धित हुन्छ। मार्च-अप्रिलमा फूल फुल्ने र डिसेम्बर-जनवरीमा फल पाक्ने गर्छ। फल गुदीदार, गुच्छा आकारको, छिप्पिदा हल्का पहेँलो हुने जाडोभर रूखमा झुन्डिरहन्छ र बिस्तारै चाउरी पर्ने  र लगभग सेतो हुन्छ।

वन संवर्द्धन विशेषताहरू

खेती: बकाइनो उपोष्ण जलवायु क्षेत्रको रूख भएतापनि यो अत्यधिक अनुकूलनीय वनस्पति हो जसले केही तुषारो सहित न्यानो शीतोष्णबाट आर्द्र उष्ण क्षेत्रसम्मको अवस्थाको विस्तृत दायरालाई सहन सक्छ। यो उष्ण क्षेत्रमा १,८०० मिटर सम्मको उचाइमा हुर्किन्छ। यसले सबैभन्दा तातो महिना ३९ डिग्री सेल्सियसमा औसत अधिकतम तापक्रम सहन सक्छ, तापक्रम कहिलेकाहीँ चिसो मौसममा छोटो अवधिको लागि शून्य भन्दा तल झर्छ। सामान्यतया, लगभग -५ डिग्री सेल्सियस भन्दा कम तापमानले रूखहरू मर्छन्। यो वार्षिक ६०० मिमि भन्दा कम वर्षामा फस्टाउन सक्छ, ९०० मिमि  भन्दा कम वर्षा हुने क्षेत्रहरूमा टिक्न सक्छ। माटो: यसलाई घमाइलो वा आंशिक रूपमा छाया भएको स्थानमा राम्रोसँग निकास भएको बलौटे माटो चाहिन्छ। यो धेरैजसो राम्रो निकास भएको माटो र तातो सुख्खा अवस्थामा फस्टाउँछ। यो कम गहिरो माटो, नुन र कडा क्षारीय माटो, कमसल, सीमान्त, भिरालो र ढुङ्गायुक्त जमिन, भिरालो चट्टानको गहिरो चिरा परेको सहित हुर्कने अपर्याप्त अवस्थाहरूमा सहनशील हुन्छ। यसलाई उच्च अम्लीय माटो उपयुक्त हुँदैन।

प्रसारण र वृक्षरोपण

बीजको छोटो जैविकत्व हुन्छ र यो पाक्ने बित्तिकै रोपे राम्रो हुन्छ। बीजको आवरण कडा हुन्छ र चिस्यान हुन नदिन अवरोधकको रूपमा काम गर्दछ। बीजको आवरणमा सानो चिरा, खोपिल्टोले अंकुरण प्रक्रियालाई गति दिन सक्छ। बीज  सामान्यतया राम्रोसँग अंकुरण हुन्छ, ८५% अंकुरण दुई महिनामा अपेक्षा गर्न सकिन्छ। जब ती  संभाल्न  पर्याप्त ठूला हुन्छन्, बिरुवाहरू अलग-अलग गमलामा सार्नु पर्छ र रोप्न पर्याप्त ठूलो नभएसम्म बढ्न दिनुपर्छ। यो जरा काटेर पनि प्रसारण गर्न सकिन्छ।

बीज ५ वर्ष सम्म जैविकत्वसँगै अर्थोडक्स प्रकृतिको हुन्छन्।

उत्पादन र प्रयोग

डाँठको बोक्रा एन्थेलमिन्टिक, र तीतो टनिक हो। चुरो रातो देखि रातो-खैरो हुन्छ; यो स्पष्ट रूपमा बोक्रा र चुरो बीचको सेतो-पहेँलो तहले नयाँ काठबाट छुट्याइएको हुन्छ। काठ कडा, केही गह्रौँ, सजिलै फुट्ने र केहि हद सम्म टिकाउ छ। यो उपयोग गर्न सजिलो छ; उत्कृष्ट पोलिश हुन्छ। यो फर्निचर, प्याकिङ केस, निर्माण, सजावटी ढक्कन आदि बनाउन प्रयोग गरिन्छ।

सहरी/कृषि वन प्रयोग

यो प्राय:  सडक रूख र शोभनीय  रूपमा रोपिन्छ यद्यपि यसको  धेरै पात खस्ने बेफाइदा छ। रैथाने वन पुनर्स्थापना गर्न रूख उत्तरी थाइल्यान्डमा पुन: वनीकरण परियोजनाहरूमा एक अग्रणी  प्रजातिको रूपमा रोपिएको छ। यसलाई क्षतिग्रस्त वन र खुल्ला क्षेत्रहरूमा छिटो बढ्न सक्ने, झार उम्रन नदिने बाक्लो वृक्षछत्र हुने र बीज फैलाउने वन्यजन्तु, विशेष गरी चराचुरुङ्गी र चमेराहरूलाई आकर्षित गर्ने  विभिन्न अन्य प्रजातिहरूसँग रोपिन्छ। यसलाई छहारी  रूखको रुपमा हुर्काइन्छ।

Additional readings

Tropical Plants Database, Ken Fern. tropical.theferns.info. 2021-04-27.

Dall’Acqua, S., Shrestha, S. S., Ferrarese, I., Sut, S., Zengin, G., Grana, S., … & Rajbhandary, S. (2021). Phytochemical investigations and in vitro bioactivity screening on Melia azedarach L. leaves extract from Nepal. Chemistry & Biodiversity.

Department of Forest, 2011 Species Leaflets for 131 Woody Species. 

Jackson, J.K. (1994) Manual of Afforestation in Nepal, FORESC, MOFSC, Kathmandu. 

Share :