Let’s Build Your City

Sustainable Environment

चुरे क्षेत्र संरक्षण, लुम्बिनी प्रदेश

June 5, 2022

२०७१ साल देखि चुरे क्षेत्रमा संरक्षण र ब्यबस्थापनका बिभिन्न प्रयासहरु भैरहेका छन् । बुटवलको नयाँ गाउँस्थित कार्यान्वयन ईकाइले नाै जिल्ला समेटेर नाैँ नदी प्रणालीकाे व्यवस्थापनका काम गरिरहेकाे छ । राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समिति बुटवलका कार्यालय प्रमुख राजन रेग्मीका अनुसार नाै नदी प्रणालीमा पहिराे नियन्त्रण, खहरे खाेल्सी नियन्त्तण, हरियाली प्रवर्द्धन, वृक्षराेपण र हरित पेटि निर्माणका काम भइरहेका छन् । कार्यान्वयन इकाइ मार्फत झराहि-भलुही नदी, सुखाैरा – राेहिणी (घाेडाहा ) नदी, बाणगंगा नदी, पश्चिम राप्ति ४ – रणसिन नदी, पश्चिम राप्ति ५ – गुरुङ खाेला, पश्चिम राप्ति ६, पश्चिम राप्ति ९- महतिनी नदी, बबई ९ नदि प्रणाली (शारदा) लाइ केन्द्रबिन्दु मानेर काम गरिराखेकाे छ ।

बाणगंगा नदी

बाणगङ्गा नदीकाे उद्गम स्थल अर्धाखाची जिल्लाकाे सितगंगा नगरपालिका ४  भेडामारे हाे । बाणगङ्गा नदीमा चुरे पहाडबाट उत्पति भएका ससाना तथा मझाैला खहरेहरु मिसिन्छन् । याे नदी मध्यपहाड चुरे र तराइहुँदै भारत सीमा पार गर्दछ । यस नदीकाे जलाधार क्षेत्रमा अर्घाखाँची जिल्लाका पाणिनी शितगङ्गा, पाल्पाकाे रैनादेवी छहरा र कपिलवस्तुकाे वाणगङ्गा बुध्दभुमी र कपिलवस्तु आदि स्थानीय तहका आंशिक भू भागहरु पर्दछन् । यस नदिमा ढुङ्गे खाेला काेइली खाेला काेन्दे खाेला अगि खाेला र कन्चनिया खाेलाहरु मिसिन्छन् । जनश्रुतीअनुसार नर्तकान्चल पर्वतबाट तल झर्दा पानी प्यास लागेकाेले नजिकैकाे पहाडमा रावणले वाण प्रहार गरी पानी निकाले यस नदिकाे नाम वाणगंगा रहन गएकाे भनिन्छ । याे नदिमा चुरे पर्वत खाेंच हुँदै वग्ने काेइली नदि लक्ष्मण घाटमा समाहित हुन्छ । यस स्थानमा भगवान रामचन्द्रका भाइ लक्ष्मणले स्नान गरि तरेकाे हुनाले लक्ष्मण घाट भनिएकाे भन्ने जनश्रुती रहेकाेछ । याे पवित्र तीर्थस्थल समेत हाे । यस क्षेत्रका मानिसकाे अन्त्येष्टी कर्म गरिने ठूलाे र पवित्र घाटका रुपमा लिइन्छ । बाणगङ्गा नदी नियन्त्रणका लागि राष्ट्पति चुरे संरक्षण कार्यक्रमबाट नियमित जस्ताे काम हुँदैआएकाे छ । यहाँकाे तटबन्ध स्पर निर्माण सिमसार क्षेत्र संरक्षणसँगै तारवार सहित वृक्षराेपणले पर्यावरण सन्तुलनमा सहयाग गरेकाे छ । तटबन्धले खेतीयाेग्य जमिनकाे संरक्षणका साथै हरियाली प्रवर्द्धन गरेकाे छ । बाणगङ्गा नगरपालिका वडा नम्बर ६ स्थित लक्ष्मणघाट सामुदायिक वन उपभाेक्ता समुहले तटबन्दसँगै वृक्षराेपण र सिमसार क्षेत्रकाे विकासका लागि तलाउ पाेखरी वनाइ माछा पालन डुङ्गा समेत चलाइ आयआर्जन समेत गरेकाे छ । यस वाणगंगा नदिकाे संरक्षणकाे लागि गरिएका कामहरुकाे विवरण निम्नानुसार छ ।

सुखाैरा – राेहिणी (घाेडाहा)

चुरे क्षेत्रबाट उत्पति भएका सुखाैरा, भलुही, घाेडाहा र कचहरा खाेला मिलेर राेहिणी नदि पर्णाली वन्दछ । याे नदि चुरे, भावर र तराइ भएर दक्षिण भारत परवेश गर्दछ । यस नदि परणालीमा रुपद्नेहीकाे वुटवल, देवदह, तिलात्तमा र राेहिणी तथा नवलपरासीकाे सुनवल आदि स्थानीय तहका आंशिक भूभागहरु पर्दछन् । यसकाे परमुख सहायक खाेला घाेडाहा खाेला नियन्त्रणकाे काम चुरे संरक्षण कार्यक्रमबाट २०७१  मा गरिन थालिएकाे हाे । याे स्थान देवदह नगरपालिका वडा नम्बर ९ विद्याटाेलमा पर्दछ । तटवन्ध गरि उकास हुन आएकाे जग्गामा वृक्षराेपण गरिएकाे छ । बाँस, टिक, खयर, सिसाै जातका विरुवा लगाइएकाेमा अहिले हरित पेटी जङ्गल भइसकेकाे छ । यसले नदी नियन्त्रण कार्यलाइ थप मजबुद बनाएकाे छ ।

चुरे ढाप पहिराे

बुटवलकाे दुःखका रुपमा रहेकाे याे पहिराे नियन्त्रणका लागि राष्ट्रपति चुरे तराइ मधेश स‌रक्षण विकास सिमित कार्यक्रम कार्यान्वयन इकाइ बुटवलबाट विभिन्न संरक्षणका कार्य गरिएकाे छ । ज्याेतिनगर मिलनपथ पहिराे नियन्त्रण समितिले पहिराेकाे माथिल्लाे भागमा नाली बनाइ वर्षाकाे भल पानी तर्काउने कार्य गरिएकाे छ । स्थानीय उपभाेक्ता समितिकाे याे कार्य प्रसंसनीय नै छ । साे समितिले पहिराेकाे मूल भागमा काम गरेकाे छ । तलदेखि माथिसम्म पहिराे राेकथाम र भल पानीकाे वेग नियन्त्रण गर्नाका लागि छेकबाँध बनाइएकाे छ । साे समितिका अध्यक्ष दिपक थापा, उपाध्यक्ष खगेश्वर न्याैपाने, सल्लाहकार हस्त केसी र अशाेक पाण्डेकाे सक्रियताले करिव एक महिनामा तटबन्ध निर्माण सकिएकाे छ । जङ्गगलमै क्याम्प खडा गरेर तारजाली राखिएकाे खगेश्वर न्याैपानेले बताउनुभयाे ।

तारजाली  राख्ने कार्य समेत निकै मिहनतपूर्वक र प्रभावकारी रुपमा गरेकाे पाइयाे । २०७८ सालमा चुरे ढाप पहिराले भाैतिक तथा मानवीय क्षति समेत गरेकाे थियाे । पहिराे क्षेत्रमा चरिचरन राेक्न आवश्यक छ । तटबन्ध मात्र हाेइन माथिल्लाे भागकाे माटाे कटान गरी अन्यत्र राखी साे क्षेत्रमा दीर्घकालीन रुपमा राेकथामका उपाय अपनाउन आवश्यक छ । पहिराे क्षेत्र च्यापेर सडक निर्माण कार्यलाइ राेक्न र स्काभेटर चलाउन राेक लगाउनु पर्छ ।  घाँस दाउरा गर्न समेत साे क्षेत्रमा कडाइसाथ राेक लगाउन पर्छ । सामुदायिक वन क्षेत्रभित्र पर्ने साे पहिराे नियन्त्रणका लागि राष्ट्रियस्तरमा याेजना बनाउन आवश्यक छ ।  साे पहिराे बुटवल उपमहानगरपालिका ३ वमघाट वन उपभाेक्ता समुह अन्तर्गत पर्दछ । वनकाे अध्यक्ष कमल केसी हुनुहुन्छ । उहाँकाे नम्बर ९८६७९२२००४ रहेकाे छ ।

पश्चिम राप्ति ४ – रणसिन नदी

धानखाेला तटबन्ध

पूर्वपश्चिम महेन्द्र राजमार्गकाे दक्षिण तर्फ रहेकाे धानखाेला रनसिं नदी प्रणालीमा मिसिन्छ । शिवराज नगरपालिकाकाे वडा नम्बर १ र ९का सानातिना खाेला मिसिएर धानखाेला बनेकाे छ । धानखाेलामा सुख्खा खाेला र राङसिङ खाेलासमेत मिसिएकाे छ । चुरेकाे कमजाेर भागहुँदै बग्ने खाेला भएकाले याे स‌वेदनशील खाेलाकाे रुपमा लिइन्छ । याे खाेला नियन्त्रणका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालय पाल्पाले पहिराे नियन्त्रण, पानी मुहान संरक्षण समेत काम गरेकाे पाइन्छ । आ ब २०७५/७६ बाट राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समितिले विभिन्न संरक्षणका कामहरु प्याकेजमा गरिएकाे छ । धानखाेलाकाे उपल्लाे भागमा रिचार्ज पाेखरी निर्माण, पहिराे नियन्त्रण र तल्लाे तटीय क्षेत्रमा ग्यावियन चेकड्याम, आर सि सि चेकड्याम, तटवन्ध निर्माण र पक्की सुरक्षा पर्खालसमेत बनाइएकाे छ । स्थानीयका अनुसार पक्की कङ्क्रिट पर्खाल टिकाउ भए पनि वढी खर्चिलाे देखिएकाे छ । खेतीयाेग्य जमिन, बस्ती र विद्यालय सुरक्षाका लागि यस्ता कार्य गरिएका छन् । यी कामहरु निकै परभावकारी देखिएका छन् । यी कृयकलापबाट राजमार्ग आसपासमा वसाेवास गर्ने ८५ घरधुरी लाभान्वीत भएका छन् ।

पश्चिम राप्ति ९-  महतिनी नदी

तप्त कुण्ड, रिहार

दाङ जिल्लाको लमही क्षेत्र रिहारमा प्रसिद्ध धार्मिक स्थलको रुपमा तप्त कुण्ड रहेको छ । लमही नगरपालिका वडा नम्बर ९ स्थित रिहार क्षेत्र सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्य क्षेत्रमध्ये एक हो । सो क्षेत्रमा खोला नियन्त्रणका लागि चुरे संरक्षण कार्यक्रमले तटबन्धको व्यवस्था गरेको छ । 

पूर्व पश्चिम महेन्द्र राजमार्गको दायाबाया रिहारमा कुण्ड, तलाउ र पोखरी छन् । माघे सङ्क्रान्तिका दिन नेपाल र भारतका हजारौँ भक्तजन रिहार क्षेत्रमा स्नानका लागि आउने गर्दछन् । तातो पानीको कुण्डका रुपमा रहेका तप्त कुण्डमा स्थान गर्नाले चर्मरोग निको हुने र मागेको प्राप्त हुने विश्वास छ । 

देउखुरी उपत्यकामा थारु समुदायको वाहुल्यता छ । सोही क्षेत्रको रिहारमा माघी पर्वको अवसरमा बगार बाबा धार्मिक क्षेत्रमा भब्य मेला लाग्छ । पूर्वपश्चिम राजमार्ग आसपासको रिहार क्षेत्रमा शिवको मन्दिर,  मामा भान्जी मन्दिर, तप्त कुण्ड र अन्य तलाउ एवं सिमसार क्षेत्रले पर्यटकीय आकर्षण थपेको छ । सिमसार क्षेत्रको रुपमा रहेको रिहार क्षेत्रमा मानव अतिक्रमण नियन्त्रणका साथै सिमसार क्षेत्रको संरक्षणमा विशेष ध्यान दिन आवश्यक छ ।

पुजारी हिरालाल बाबाका अनुसार रिहार धाम विशेषगरी यादव र थारू जाति धरोहर हो । सो क्षेत्रका चौरमा पुस माघ महिनामा सेता धाउजस्तो वस्तु प्रसस्त देख्न सकिन्छ । यो नुनिलो समेत हुने भएकाले गाइवस्तुले खुवै चाट्ने गर्दछन् । जमिनमा देखिने सेतो पदार्थलाई थारु भाषामा रिहार भन्ने गरिन्छ । जसका कारण सो क्षेत्रको नाम नै रिहार रहन गएको स्थानीय मानसिंह वलीले बताए । लमही बजारबाट पच्चीस किलोमिटर पश्चिम तर्फ महेन्द्र राजमार्गमा पर्ने रिहारमा एक दर्जन मठमन्दिर छन् ।

पश्चिम राप्ति ५ – गुरुङ खाेला

चचरे ताल, लमहि ६ देउपुर

लमही नगरपालिका ६ देउपुरमा याे तलाउ रहेकाे छ । याे मानव निर्मित तलाउ हाे । अर्जुन खाेलाले बाटाे परिवर्तन गरेर खाली रहेकाे बगरमा तलाउ निर्माण गरिएकाे हाे । अर्जुन खाेला नियन्त्तणसँगै उकास जग्गामा जैविक सुरक्षा प्रणालीसमेत यहाँ देख्न सकिन्छ । राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ बुटवलमार्फत भूमिगत जल पुनर्भरण र सतह मुनिकाे पानी उपभाेगका लागि आर्थिक वर्ष २०७७/०७८ मा ६ लाख ५२ हजार ९४६ रुपियाँ लागतमा निर्माण सम्पन्न भएकाे हाे । याे तलाउकाे तल्लाे भागमा पनि तलाउ सुकेकाे अवस्थामा छ । देउपुर गाउँ संरक्षण विकास समिति मार्फत याे काम भएकाे हाे । साे समितिका अध्यक्ष चित्रबहादुर चाैधरी हुन् । याे तालले हरियाली प्रवर्द्धनका साथै वातावरण सन्तुलन, सिमसार क्षेत्रकाे विकासमा सहयाेग पुर्याएकाे छ ।

करम्दि खाेला तटबन्ध, राप्ती गाउँपालिका ४

राप्ति गाउँपालिका वडा नम्बर ४ का गाउँवस्ती र खेतीयाेग्य जमिन कटानगरी दुःख दिइरहेका बग्गे र करम्दी खाेला मिलेर दाेलाइ खाेला पश्चिमतिर बग्दछ । हिउँदमा सुख्खा देखिए पनि वर्षााकाे बेला यी खाेलाले विनास गर्दै आएकाे छ । चुरे स‌रक्षण कार्यक्रमले बग्गे खाेला र करम्दी खाेला नियन्त्रणकाे प्रयास गरेकाे छ । लन्चिङ्गसहितकाे तटबन्ध, डाइक र सानासाना चेक ड्याम बनाइएकाे छ । यसले नदी नियन्त्रण गरी किसानकाे वहुमुल्य खेतीयाेग्य जमिन, वस्ती र पुर्वाधार संरक्षणमा सहयाेग पुगेकाे छ ।

कञ्चन खाेला तटबन्ध, सैनामैना १० पानबारी, रुपन्देही

 कन्चन खाेला चुेरे क्षेत्रबाट उत्पति भै सैनामैना नगरपालिकाकाे वडा नम्बर १० पानवारी हुदै दक्षिण तिर वग्दछ । याे खाेलामा समय समयमा वाढी आइ कटान गरि वितण्डा मच्चाउने गरेकाे छ । यसलाइ नियन्त्रण गर्न पानवारी समुह गठन गरिएकाे छ । साे समुहका अध्यक्ष टिकाराम पाण्डे र सचिव झविन्द्र घिमिरे हुनुहुन्छ । साे क्षेत्रमा खासगरी औलो उन्मूलन पछि गुल्मी, पाल्पा र अर्घाखाँचीबाट झरेकाहरुकाे बसाेबास पाइन्छ । समुहका अध्यक्ष पाण्डे पनि २०२४ सालमा अर्घाखाँचीबाट झर्नु भएकाे हाे । उहाँका अनुसार त्याे बेला पानबारीमा खयरकाे जङ्गल थियाे । साे क्षेत्रमा पुरानाे बासाेबासका रुपमा थारु जाति थिए । खयर कटानपछि खेती र बस्ती बढेसँगै कञ्चन खाेलाले कटान थालेकाे पाइन्छ । २०३५।३६ सालमा पानबारीकाे बीच भागबाट कञ्चन खाेलाले गाउँवस्ती बगाएकाे थियाे । खाेला नियन्त्रणका लागि स्थानीयले बाँसकाे भकारी बाँधेर त्यसभित्र ढुङ्गा राखेर समेत नदी नियन्त्रणकाे प्रयास गरिएका थियाे । २०५६ सालपछि झलनाथ खनाल वन मन्त्री भएका बेला पानबारीलाइ ढाेक्टेनीमा पाँच कठ्ठा जग्गा दिएर वस्ती स्थानान्तरण गर्ने छलफल पनि चलेकाे थियाे । तर स्थानीयकाे खेती साे ठाउँमा भएकाले त्याे सम्भव भएन । त्यसैले २०५४ जल उत्पन्न परकाेप नियन्त्रण कार्यालय मार्फत सात  सय थान जाली ल्याएर कञ्चन खाेलालाइ साविककै स्थानबाट बगाउने गरी तटबन्धकाे व्यवस्था गरिएकाे थियाे । यसका अतिरिक्त २०५५ सालमा जिल्ला भू संरक्षण कार्यालय रुपन्देहीबाट कन्चन खाेलामा तटबन्ध गर्ने कामकाे शुरुवात गरियाे । तत पश्चात २०७० सालबाट साेही कार्यालय मार्फत राष्ट्रपति चुरे स‌रक्षण कार्यक्रमबाट कञ्चनन खाेला नियन्त्रणकाे काम गरिरहेकाे छ । कन्चन खाेला नियन्त्रण गर्न लन्चिङ्ग सहितकाे तटबन्ध गरिएकाे छ । यसले नदी नियन्त्तणमा महत्वपूर्ण सहयाेग गरेकाे स्थानीयकाे भनाइ छ । तटवन्ध गरि दाँया बाँया नदी उकास करिव १० हेक्टर जग्गामा सिसाै, खयर, वाँस आदि वृक्षराेपण गरिएकाे छ । सामुदायिक वनले चरिचरण राेकेपछि नदी नियन्त्रण कार्य अझ प्रभावकारी भएकाे उपभाेक्ताकाे अनुभव छ । चरिचरण राेक्दा स्थानीय केहीले बगरमा डींगा चराउन नदिने ?  भनेर भन्ने गरेकाे उपभाेक्ता समुहका अध्यक्ष पाण्डेले सुनाउनुभयाे । नदी उकास क्षेत्रमा भएकाे वृक्षराेपण र वन क्षेत्रकाे विकासले पर्यावरण संरक्षण, चराकाे वासस्थान विकास, हरियाली प्रवर्द्धनका क्षेत्रमा सहयाेग पुगेकाे अनुभव स्थानीयकाे छ ।

कञ्चन खाेला तटबन्ध, सैनामैना १० पानबारी

नमुना सामुदायिक वनकाे पाेखरी, सैनामैना

सैनामैना नगरपालिका वडा नम्बर ७ स्थित नमुना सामुदायिक वनमा बनाइएकाे पाेखरी हाे । सिमसार ढाप जस्ताे दलदले चाैरमा याे पाेखरी बनाइएकाे हाे । राष्ट्रपति चुरे स‌रक्षण कार्यक्रमबाट आर्थिक वर्ष २०७७/०७८मा राष्ट्रपति चुरेकाे १५ लाख र स्थानीय उपभाेक्ताबाट १० प्रतिशत लागतमा डेढ विगाह क्षेत्रफलमा याे पाेखरी बनाइएकाे हाे । साे क्षेत्रलाइ पर्यापर्टनकाे रुपमा विकास गर्ने लक्ष्य वडाकाे छ । साे पाेखरीमा डुङ्गा राखेर पर्यटक तान्ने याेजना छ । सैनामैना नगरपालिका ७ र कञ्चन गाउँपालिका १ काे संयुक्त स्वामित्वमा याे वन क्षेत्र रहेकाे छ । सामुदायिक वनकाे दक्षिणतर्फ कञ्चन गाउँपालिका रहेकाे छ । वनले ११५ हेक्टर क्षेत्रफल समेटेकाे छ । याे वनमा निलगाइकाे ठूलाे संख्या छ । वन क्षेत्रभित्र पाेखरी भएका कारण वन्यजन्तु र चराचुरुङ्गीले वन क्षेत्रलाइ वासस्थानका रुपमा विकास गरेकाे पाइन्छ । यद्यपि, निलगाइले बाली खाएर दुःख दिएकाे गुनासाे किसानकाे छ । साे पाेखरीले सिमसार क्षेत्रकाे संरक्षण गरि जैविक विविधता स‌ंरक्षणमा टेवा पुर्याएकाे पाइन्छ ।

बहुआयामिक अभियान

हिमालय उत्पत्ति क्रममा बनेको चुरे शृङ्खला भारतको ब्रम्हपुत्र नदीदेखि पाकिस्तानको इन्डस नदीसम्म फैलिएको छ । कान्छो पहाडका रुपमा चिनिने चुरे शृङ्खलालाई ‘शिवालिक’ नामले समेत चिनिन्छ ।

चुरे शृङ्खलाले नेपालका ३६ जिल्लाको करिव आठ सय किलोमिटर भूभाग समेटेको छ । इलामदेखि कन्चनपुरसम्म फैलिएको चुरेले कुल भू–भागको १२ दशमलव ७८ प्रतिशत क्षेत्र ओगट्छ ।  

समथर तराईबाट उत्तरतर्फ देखिने होचा पहाड शृङ्खला नै चुरे हो । नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको महाभारत पर्वत शृङ्खलाबाट दक्षिणतिरका होचा पहाड, समथर मैदानी भाग, खोँच र दुनलाई चुरे क्षेत्रका रुपमा लिइन्छ । चुरे क्षेत्रको उत्तर–दक्षिण चौडाई ठाँउ अनुसार १० देखि ५० किलोमिटरसम्म रहेको छ ।

नेपालको हिमाली भेग र महाभारत पर्वत शृङ्खला मुहान भएका हजारौं खोलाखाली र सयौं नदीहरु यहि चुरेहुँदै दक्षिण तराईतिर बग्दछन् । चुरे शृङ्खला आफैँमा पूर्ण रुपमा नखाँदिएको खुकुलो पत्रे चट्टानले बनेको छ । त्यसैले प्राकृतिक रूपले यो क्षेत्र अत्यन्त संवेदनशील समेत रहेको छ । चुरे क्षेत्रको यहि संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल सरकारले आर्थिक वर्ष २०६६÷६७ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यन्वयनको सुरूवात गरेको हो । 

चुरेको संवेदनशीलता तराईको वस्ती, उब्जाउ भूमिको सुरक्षा, वातावरण र जनजीविकासँग समेत सम्बन्धित छ । औलो नियन्त्रणपछि चुरे तथा भावर क्षेत्रमा मानव वस्ती विस्तार हुँदै गयो । वस्ती बढेसँगै खेतीका लागि वन जंगल फाँड्ने क्रमले तीब्रता पायो । वन फडानी, खुला चरिचरन, अवैज्ञानिक भू–उपयोगले यस क्षेत्रको जैविक विविधता तथा जमीनको उत्पादकत्वमा ह्रास आउन थाल्यो । जसले गर्दा यस क्षेत्रको समग्र पारिस्थितिकीय प्रणालीमा नकारात्मक प्रभाव पर्न गयो । चुरे पहाड र भावर क्षेत्रको जलाधारको अवस्था क्षयीकरण हुँदै गएकाले तराई–मधेशमा वातावरणीय समस्याहरु देखापर्दै गए । पानीका स्रोतहरु समेत सुक्दै गए । बर्सेनी बाढीको विपत्तिले तराई मधेसका खेतीयोग्य जग्गामा बालुवा र पाँगो–माटो थुपारिने थाले । गाउँवस्तीहरु नदी कटान र डुबानबाट प्रभावित भए । यसको रोकथाम र नियन्त्रणमा समन्वयात्मक निकायको खाँचो स्वरुप चुरे संरक्षणको कामलाई अझ सशक्त बनाउन २०७१ असार २ गते राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति गठन गरिएको थियो । नेपाल सरकारको २०७४ जेठ २ गतेको निर्णयानुसार गुरूयोजना स्वीकृत भई सो अनुरूप कार्यक्रम कार्यान्वयन भइरहेको छ ।

गुरू योजनाले भौगर्भिक, भौगोलिक अवस्था र परिस्थितिकीय प्रणाली अनुकूल चुरे पहाड, खोँच र भावर क्षेत्रका प्राकृतिक स्रोतहरू भूमि, पानी, वनस्पति र जैविक विविधताको दिगो व्यवस्थापन सुनिश्चित गर्ने प्रमुख उद्देश्य राखेको छ । जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपबाट सो क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा समुदायमा हुनसक्ने क्षति न्यूनीकरण गर्ने उद्देश्य समेत गुरुयोजनाको छ । जल–उत्पन्न प्रकोपबाट चुरे पहाड, दुन र तराई मधेशमा हुनसक्ने क्षति न्यूनीकरण र वातावरणीय प्रभावजस्ता विषयलाई यसले समेटेको छ ।

चुरे क्षेत्रको प्राकृतिक श्रोत संरक्षण, दीगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको सम्वद्र्धनद्वारा गरिबी न्यूनिकरण एवं समृद्ध नेपालको राष्ट्रिय लक्ष्यमा टेवा पुर्याउन सकिने विश्वास कार्यक्रमको छ । 

‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ नारासहित कार्यान्वयनमा गएको गुरुयोजनाले २० वर्षमा १६४ वटा नदी प्रणालीहरू व्यवस्थापन गर्नुपर्ने लक्ष्य लिएको छ । पहिलो पाँच वर्षमा सबै नदी प्रणलीहरूको संरक्षण र व्यवस्थापन गरिने लक्ष्य छ । जसका लागि चुरे क्षेत्रमा पाँच वटा कार्यान्वयन ईकाइ स्थापना गरिएको छ । मोरङको सलकपुर, जनकपुर, चितवन, रुपन्देहीको बुटवल र कैलालीको लम्कीमा कार्यान्वयन ईकाइको कार्यालय रहेका छन् । बुटवलको नयाँ गाउँस्थित कार्यान्वयन ईकाइले भलुही नदी प्रणाली, पश्चिम राप्ति ६ नदी प्रणाली, बाणगंगा नदी प्रणाली, रंिंसंह नदी प्रणाली, राप्ती ९ महतिनी नदी प्रणाली र बबई ९ नदी प्रणाली (शारदा) क्षेत्रमा आफ्नो कामलाई केन्द्रित गरेको छ । चुरे शृङ्खलाको माथिल्लो क्षेत्रमा चरिचरण नियन्त्रण, वृक्षरोपणजस्ता कार्यले प्राथमिकता पाएका छन् । चुरेका फेदी मैदानी भागमा जैविक प्रविधिसहितको नदी नियन्त्रण, नियन्त्रणबाट उकास जमिनमा हरियाली प्रवद्र्धन, सिंचाई तथा पर्यावरण सन्तुलनको उद्देश्यसहित पोखरी निर्माण, सिमसार क्षेत्रको संरक्षण, सामुदायिक वनसँगको सहकार्यमा पर्यटकीय प्रवद्र्धनका उद्देश्यसहित प्राकृतिक सम्पदाको संरक्षणजस्ता गतिविधि गरिएका छन् । कार्यान्वयन ईकाइले बहुआयामिक महत्व र प्रभावसाथ बहुपक्षीय सरोकार संस्थासँगको सहकार्यमा प्रभावकारी कार्य अगाडि बढाएको पाइन्छ । यद्यपि, आफना गतिविधिलाई नदी नियन्त्रणसँगै चुरेको माथिल्लो क्षेत्रमा केन्द्रित गर्नुपर्ने टड्कारो आवश्यकता समेत देखिन्छ ।