Let’s Build Your City

तेजपात/दालचिनी/सिन्काउली

June 9, 2021

Cinnamomum tamala (Buch.-Ham.) Th. G. G. Nees
अङ्ग्रेजी नाम: Bayleaf
परिवार: Lauraceae

उत्पत्तिस्थल र फैलावट

तेजपात पान हिमालय र दक्षिण-पूर्वी एसियाको रैथाने वनस्पति हो। यो वनस्पति सिन्धु उपत्यका (पाकिस्तान), कश्मीर (भारत), नेपाल, सिक्किम (भारत), भुटान र म्यानमारको उष्ण एवं उपोष्ण पहाडमा फैलिएको पाइन्छ।  नेपालमा ४५० देखि २१०० मिटरको सदाबहार चौडा पातदार वनहरूमा फैलिएको छ।

विवरण

परिपक्वतामा उचाइ: ७-१०  मिटरसम्म, कहिलेकाहीँ १५ मिटरसम्म पुग्छ।

आकार: तेजपात सानो देखि मध्यम आकारको पातलो सदाबहार रूख हो। यो राम्रो मुना पलाउने प्रजाति हो।

फूल र फूल फुल्ने: फूल मसिनो, पहेंलो; फल कालो, रसिलो, पातलो, १२ मिमिको अण्डाकार हुन्छ। फूल अप्रिलदेखि जुनमा फुल्छ र जुनदेखि सेप्टेम्बरमा फल फल्छ। फूल फुल्ने र फल्ने समय फरक पाइन्छ (वर्षमा दुई पटक पनि) जुन सूक्ष्म जलवायु र पारिस्थितिक क्षेत्रमा निर्भर गर्दछ। बीज अप्रिल-मे मा संकलन गरिन्छ।

वन संवर्द्धन विशेषताहरू

खेती: तेजपात व्यापक रूपमा खेती गरियो र अनुकूलित गरियो। कलिला बिरुवाहरूले छहारीबाट केही लाभ उठाउँछन्, तर छिप्पिएका रूखहरू पूर्ण घाममा राम्रो हुन्छ। 

माटो: उर्वर, बलौटे, चिस्यान-सोस्ने, तर पूर्ण घाम वा आंशिक छहारीमा स्वतन्त्र रूपमा पानी निकासी हुने माटो चाहिन्छ। कमसल माटोमा वृद्धि सुस्त हुन्छ।

प्रसारण र वृक्षरोपण

दालचिनी प्रजातिको बीजको सामान्यतया छोटो जैविकत्व हुन्छ र यो पाक्ने बित्तिकै रोप्दा राम्रो हुन्छ। फलको गुदीले अंकुरणलाई रोक्न सक्छ त्यसैले सामान्य पानीमा भिजाएर र बिस्तारै घोटेर सकेसम्म चाँडो हटाइन्छ, केही घण्टा छहारीमा सुकाएर तुरुन्तैसफा बीजहरू नर्सरी ब्याडमा वा सोझै पोलीपटमा छर्नु पर्छ। अंकुरण प्रक्रियालाई छिटो बनाउन बीजहरूलाई २४ घण्टा मनतातो पानीमा भिजाइन्छ। अंकुरण प्रतिशत २५% (छ महिना पुरानो बीज) देखि ५०% (ताजा बीज) सम्म हुन्छ। यो काण्ड कटिङ गरेर पनि प्रसारण गर्न सकिन्छ।

एक किलोमा २०००-४००० प्रशोधित बीज हुन्छन्। बीज  सामान्यतया २ देखि ३ हप्ता भित्र मध्यम तापक्रममा (लगभग २० डिग्री सेल्सियस) अंकुरण हुन्छ। १० सेन्टिमिटर अग्लो बिरुवाहरू स्थायी स्थानहरूमा सारिन्छ। 

वर्षायाम हुनुभन्दा ठीक अघि बिरुवा रोपण गर्नु पर्छ। उच्च नाइट्रोजन युक्त  मल वर्षमा एक पटक थप्न सकिन्छ, र रोपणको पहिलो वर्षमा माटोलाई चिसो राख्न जाडोमा छापो आवश्यक पर्दछ।

उत्पादन र प्रयोग

पात (तेजपात) र बोक्रा (दालचिनी) मा औषधीय गुण हुन्छ र मसलाको रूपमा नेपाली र भारतीय खानाको अभिन्न अंग हो। तेलको धेरै व्यावसायिक प्रयोगहरू छन्: चकलेट, औषधिहरू, आयुर्वेदिक उत्पादनहरू, स्वाद दिने पदार्थ,  अत्तरहरू, र शौचालय साबुनहरू निर्माण गर्न।

सहरी/कृषि वन प्रयोग

यसलाई सहरको सानो उद्यान र सहरी तथा कृषि वन क्षेत्रहरूमा व्यवस्थित स्थानहरूमा रोप्न सकिन्छ। खेती गरिएको खेतको छेउमा खेतीलाई प्राथमिकता दिइन्छ।

थप अध्ययन

Choudhary, D., Kala, S., Todaria, N., Dasgupta, S., & Kollmair, M. (2013). Marketing of bay leaf in Nepal and Northern India: Lessons for improving terms of participation of small farmers in markets. Small-Scale Forestry, 12(2), 289-305.

Parajuli, D. P. (1998). Cultivation of Cinnamomum tamala in marginal lands for greater income at Palpa district. Banko Janakari, 8(1), 24-32.

Department of Forest, 2011 Species Leaflets for 131 Woody Species. 

Jackson, J.K. (1994) Manual of Afforestation in Nepal, FORESC, MOFSC, Kathmandu.