Populus ciliata Wall.
अङ्ग्रेजी नाम: Himalayan Poplar
परिवार: Salicaceae
उत्पत्तिस्थल र फैलावट
लहरे पीपल चीन, तिब्बत र नेपाल सहित पूरै हिमाली भूभागको रैथाने वनस्पति हो। यो नेपालमा २१०० देखि ३६०० मिटर उचाइमा खोलाको किनारमा पाइन्छ र सुक्खा क्षेत्रमा कोणधारी वनमा मिसिएको हुन्छ।
विवरण
यो चिल्लो हरियो-खैरो बोक्रा, खैरो र परिपक्व काण्डहरूमा गहिरो ठाडो चिरिएको र झुस विहीन ठूलो पतझर रूख हो। पातहरू ८-१८ सेन्टिमिटर लामो, अण्डाकार र मुटु आकारको ठूला हुन्छन्। झुलेको गुच्छेदार फूलहरू मार्च-अप्रिलमा फुल्छन् ।
वन संवर्द्धन विशेषताहरू
रूखहरू जवान नहुँदा सम्म यसले राम्रोसँग मुना हाल्दैन, तर टुप्पो र हाँगा काट्दा राम्ररी मुना पलाउछ र जमिनभित्र रहेका काण्डमा धेरै मुना हाल्दछ। कलिलो बिरुवा र लाथ्राहरू मन्द आगोले पनि मर्छन्; बुढा रूखहरू जमिनको मन्द आगोमा बाँच्छन् तर वृक्षछत्र आगोले मर्छन्।
माटो: यो विदेशी अग्लो र चाँडै बढ्ने रूखको तुलनामा प्रतिकूल माटोको अवस्थाहरूमा बढी सहनशील हुन्छ, र सुख्खा पहाडहरूमा बढ्न सक्छ, तर यो ठूलो आकारमा बढ्दैन। पर्याप्त मात्रामा चिस्यान भएको हावा छिर्ने दोमट माटोमा राम्ररी वृद्धि हुन्छ।
प्रसारण
बीज र प्रशोधन : जैविकत्व लगभग ३ हप्ता पछि कम हुन थाल्छ; बीजकोष, अडाकार, ३-४ छिद्र भएको, मसिनो, झुस भएको, प्रति किलोग्राम लगभग १५,०००,००० बीज हुन्छ; बीज निकाल्न तार जालीमा रगड्नुपर्छ, बालुमा भरिएको पट वा नर्सरी ब्याडमा रोप्नुपर्छ; यदि अनुकूल परिस्थिति भएमा अधिकतम अंकुरण ७५-९०% हुन्छ अन्यथा २५-५०% (अनुमानित) हुन्छ।
वानस्पतिक प्रसारण फेब्रुअरीमा हाँगा काटेर, जमिनभित्र रहेका काण्डबाट पलाएको मुनाबाट, जरा काटेर पनि गरिन्छ।
प्रयोग
लहरे पीपल काठ, डालेघाँस, औषधि (बोक्रा टनिकको रूपमा, उत्तेजक र रगत शुद्धिकरणको रूपमा प्रयोग गरिन्छ), प्लाइवुड, ह्यान्डलहरू, पानीको कुण्ड, प्याक गर्ने बक्स बनाउन, छापो हाल्न प्रयोग गरिन्छ।
थप अध्ययन
Department of Forest, 2011 Species Leaflets for 131 Woody Species.
Jackson, J.K. (1994) Manual of Afforestation in Nepal, FORESC, MOFSC, Kathmandu