Let’s Build Your City

दार/गिठी

June 9, 2021

Boehmeria rugulosa Wedd.
अङ्ग्रेजी नाम
परिवार: Urticaceae

उत्पत्तिस्थल र फैलावट

दार गढवालबाट भुटान, चीनमा फैलियो। यो नेपालभर ३००-१७०० मिटरमा प्रायः सडकको किनारमा पाइन्छ।

विवरण

यो अधिकतम १० मिटर सम्म उचाइ हुने सानो देखि मझौला आकारको सदाबहार रूख हो। पातहरू भालाकार र गाढा हरियो तलतिर झुकेका हुन्छन्। काण्डको बोक्रामा गहिरो चिरा परेको हुन्छ। काठ गाढा रातो, केही कडा र गह्रौँ, चिल्लो र  समान बनावट भएको हुन्छ। फूल अगस्त-सेप्टेम्बरमा फुल्छन्।

प्रसारण

अक्टोबर-जनवरीमा बीजहरू संकलन गरिन्छ र सानो-बीज प्रजातिहरूको लागि प्रविधिहरू प्रयोग गरेर ब्याड वा ट्रेहरूमा छरिन्छ। कटिङबाट पनि वानस्पतिक प्रसारण गरिन्छ।

प्रयोग

बोक्राको रस भरखर काटेको ठाउँमा उपचार गर्न प्रयोग गरिन्छ र रगत जम्न पनि मद्दत गर्दछ। नेपालमा शताब्दीयौंदेखि दूध, दही आदि भण्डारण गर्न कन्टेनर (ठेकी) बनाउन दारको काठ प्रयोग हुँदै आएको छ।

सहरी/कृषि वन प्रयोग

यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ। दार सडक किनारमा र सहरको सानो उद्यानहरूमा रोप्न सकिन्छ।

थप अध्ययन

Department of Forest, 2011 Species Leaflets for 131 Woody Species. 

Jackson, J.K. (1994) Manual of Afforestation in Nepal, FORESC, MOFSC, Kathmandu