Let’s Build Your City

धुपी

June 9, 2021

Cupressus torulosa D. Don.
अङ्ग्रेजी नाम: Juniper
परिवार: Cupressaceae

उत्पत्तिस्थल र फैलावट

Juniperus indica चीनको दक्षिण-मध्य, पूर्वी हिमालय, नेपाल, पाकिस्तान, तिब्बत र पश्चिम हिमालयको रैथाने वनस्पति हो। नेपालमा, यो २८००-४५०० मिटर सुक्खा क्षेत्रहरूमा पाइन्छ, कहिलेकाहीँ होचो खुला जंगलहरू ढाक्छ वा उच्च पर्वतीय भिरालो स्थानमा छरिएको हुन्छ। यसलाई ब्ल्याक जुनिपरको नामले पनि चिनिन्छ।Juniperus recurva असम, दक्षिण-मध्य चीन, पूर्वी हिमालय, म्यानमार, नेपाल, तिब्बत, पश्चिम हिमालयको रैथाने वनस्पति हो। यो  नेपालमा २५०० देखि ४६०० मिटरको उचाइमा पाइन्छ। यो नेपालको अल्पाइन क्षेत्रको ओसिलो भागमा पाइने कमन ड्वर्फ जुनिपर हो।

विवरण

J. indica कहिलेकाहीँ २० मिटर अग्लो हुने, मजबुत काण्ड र सानो चेप्टो पात हुने समूहमा हुर्किने ठूलो झाडी वा सानो रूख हो। । फल मे महिनामा फल्छ।J. recurva १० मिटर वा केही अग्लो कम फैलिने  झाडी वा रूख हो जसमा घुमाउरो आकारको पातहरू हुन्छन्। फल जुन-जुलाईमा फल्छ। 

वन संवर्द्धन विशेषताहरू

Juniperus indica जीवित रहेको अन्तिम रूख प्रजाति हो किनभने जोमसोमको उत्तरी भागमा वर्षा क्रमश: घट्दै गएको छ र यसैले यो नेपालमा प्राकृतिक रूपमा बढ्ने सबैभन्दा खडेरी प्रतिरोधी रूख हो। यो खडेरी प्रतिरोधी र प्रकाश चाहिने रूख हो। यसलाई अंकुरण हुन २ वर्ष भन्दा बढी समय लाग्छ।

प्रसारण

प्रसारण सामान्यतया कटिङ गरेर र ठुटा रोपेर गरिन्छ। बन्द गरिएको कन्टेनरमा भण्डारण गर्दा बीज २० वर्षको जैविकत्व हुन्छ।

प्रयोग

इन्धन, पात र हाँगाबिँगा सहित दाना धूप बनाउन प्रयोग गरिन्छ। जिन पेय पदार्थमा स्वाद सुगन्ध प्राप्त गर्न प्रशोधन पछि प्रयोग गरिन्छ।

थप अध्ययन

Department of Forest, 2011 Species Leaflets for 131 Woody Species. 

Jackson, J.K. (1994) Manual of Afforestation in Nepal, FORESC, MOFSC, Kathmandu