Fraxinus floribunda Wall.
अङ्ग्रेजी नाम: Ash / Himalayan ash
परिवार: Oleaceae
उत्पत्तिस्थल र फैलावट
लाँकुरी अफगानिस्तान, पाकिस्तान, हिमालयदेखि उत्तरी म्यानमार, पश्चिम चीन र लाओससम्म १२००-२००० मिटरको उचाइमा पाइन्छ। नेपालमा, यो प्रायः चौतारी र उपोष्ण क्षेत्रको भञ्ज्याङमा पाइन्छ।
विवरण
यो २० मिटर अग्लो पतझर रूख हो। यसलाई चतुर्भुज हाँगा र खैरो बोक्राबाट छुट्याउन सकिन्छ। ७-९ दाँतेदार पत्रकहरू सहित, विपरित, पिनेट पातहरू हुन्छन्। फूल सेतो, पत्रहरू ३-४ मिलिमिटर लामो, ठूला, २५ सेन्टिमिटरसम्म हाँगाहरु भएका झुप्पा फुल्छ। यो कडा आवरण हुने फल हो।
बिरुवालाई पूर्ण प्रकाश चाहिन्छ, तर पुराना रूखहरूले केही हदसम्म छहारी सामना गर्नेछन्; यो अप्ठ्यारो ठाउँहरूमा, चूना रहित माटोहरूमा बाँच्दछ।
फूल फुल्ने: फेब्रुअरी-अप्रिल।
वन संवर्द्धन विशेषताहरू
यसले राम्ररी मुना हाल्दछ। बिरुवाहरूलाई पूर्ण प्रकाश चाहिन्छ, तर पुराना रूखहरूले केही हदसम्म छहारीको सामना गर्नेछन्। यो तुषारो संवेदनशील छ।
माटो: गहिरो, ओसिलो माटोमा उत्तम तर कठिन स्थानहरू सहन सक्छ। यो प्रायः चूना रहित माटोमा पाइन्छ।
प्रसारण
बीज र प्रशोधन: बीज पखेटाले घेरिएको हुन्छ, प्रति किलोग्राम ६०,००० बीज हुन्छन्, संकलन सिजन सामान्यतया सेप्टेम्बर देखि जनवरी हो। सुषुप्तताबाट बच्न, हरियो बीजको पखेटा खैरो हुन थालेपछि काट्नुपर्छ; हरियो बीजलाई छायामा राख्ने र सुक्न दिनु हुँदैन; हरियो बीज ओसिलो राखेर तुरुन्तै रोप्नुपर्छ। यसको वृद्धि दर सुस्त हुन्छ।
वानस्पतिक प्रसारण: कटिङ गरेर।
प्रयोग
खम्बा, इन्धन, डालेघाँस, काठको रूपमा प्रयोग हुन्छ। माटो संरक्षण गर्नको लागि माथिल्लो भागमा र सडक किनारमा उपयुक्त हुन्छ। सडकको किनारमा जहाँ जमिन रुखा छन् त्यहाँ यो रूख एक विकल्प हुन सक्छ। काठ हल्का रातो रंगको सेतो छ र लगभग ७७० किलोग्राम प्रति घन मिटर वजन हुन्छ। यो कडा छ र हलो बनाउन प्रयोग गरिन्छ। डालेघाँसको लागि काटिन्छ तर यो सबैभन्दा उपयुक्त डालेघाँस होइन। रुखा जमिन सामना गर्ने क्षमता भएको हुनाले यो रूख सडक किनारमा संरक्षणको लागि रोप्न सकिन्छ।
थप अध्ययन
Department of Forest, 2011 Species Leaflets for 131 Woody Species.
Jackson, J.K. (1994) Manual of Afforestation in Nepal, FORESC, MOFSC, Kathmandu