Prunus cerasoides D. Don
अङ्ग्रेजी नाम: Himalayan Cherry
परिवार: Fabaceae
उत्पत्तिस्थल र फैलावट
पैयुँ भारतको गढवालदेखि नेपाल, सिक्किम, भुटान र दक्षिण-पश्चिम चीनको समशीतोष्ण हिमाली क्षेत्रहरूको मिश्रित वा खुला जङ्गलमा पाइन्छ। यो सडक किनारको आराम गर्ने ठाउँहरूमा, र सार्वजनिक उद्यान वा बगैंचामा शोभनीय वनस्पतिको रूपमा पनि खेती गरिन्छ। यो नेपालको समशीतोष्ण भूमिमा १,२००-२,४०० मिटर उचाइमा बढ्छ।
विवरण
परिपक्वतामा उचाइ: यो ३० मिटर सम्म बढ्न सक्छ।
आकार: पैयुँ मझौला आकारको पतझर रूख हो र यसलाई हिमाली जङ्गली चेरी भनिन्छ। यसको बोक्रा खैरो-खैरो, चिल्लो हुन्छ र पातलो चम्किलो तेर्सो धर्साहरू उप्किदा चम्किलो तामाको रंगको सतह देखिन्छ।
फूल र फूल फुल्ने: फूल उभयलिङ्गी हुन्छ र गुलाबी-रातो रङको झुप्पा फूल बिस्तारै लगभग सेतो हुँदै जान्छ । फूल फुल्ने मौसम अक्टोबर-नोभेम्बर हो र फल अप्रिल-मे महिनामा संकलन गरिन्छ।
वन संवर्द्धन विशेषताहरू
खेती: उपोष्ण देखि न्यानो समशीतोष्ण क्षेत्रमा पाइने यो वनस्पति उष्ण क्षेत्रको उच्च उचाइमा पनि पाइन्छ। यो राम्रोसँग निकास भएको चिस्यान रहने दोमट माटोमा फस्टाउँछ र यसलाई माटोमा केही चूना चाहिन्छ तर धेरै चूना भएमा क्लोरोटिक हुने सम्भावना हुन्छ। यसलाई हावा र पानीबाट सुरक्षित खुला घमाइलो स्थान चाहिन्छ। यो चाँडै बढ्ने रूख हो। यसको जरा गहिरो जाँदैन र यदि जराहरू क्षतिग्रस्त भएमा जमिनभित्र रहेका काण्डबाट मुना पलाउछन्। यस परिवारका बिरुवाहरू हनी फंगसमा विशेष रूपमा संवेदनशील हुन्छन्।
माटो: बिरुवालाई हल्का बलौटे, मध्यम दोमट र भारयुक्त चिम्ट्याइलो माटो र राम्रो निकास चाहिन्छ। रूख पहाडी भिरालो सतह भएको समशीतोष्ण क्षेत्रहरूमा बढ्छ।
प्रसारण र वृक्षरोपण
बीज प्रसारणको लागि २-३ महिनाको चिसो स्तरीकरण चाहिन्छ र यो पाक्ने बित्तिकै चिसो फ्रेममा राम्रोसँग रोपिन्छ। भण्डारण गरिएको बीज वर्षको सुरुमै नर्सरी ब्याडमा छर्नुपर्छ। बीजलाई मुसा आदिबाट जोगाउनु पर्छ । बीज अपेक्षाकृत ढिलो अंकुरण हुन सक्छ, कहिलेकाहीँ अंकुराउन १८ महिना लाग्छ। बिरुवाहरू संभाल्न पर्याप्त ठूला भएपछि अलग-अलग ठूला भाँडोमा सार्नु पर्छ। रोप्न पर्याप्त ठूलो नभएसम्म हुर्काउनु पर्छ।
यसलाई अपरिपक्व काठ काटेर र बढ्दै गरेको बिरुवाको काण्ड काटेर पनि प्रसारण गर्न सकिन्छ।
उत्पादन र प्रयोग
पाकेको फल काँचै खान सकिन्छ। गुदी पिसाब थैलीमा पत्थरी र क्रिस्टल जम्मा भएमा उपचारको रूपमा प्रयोग गरिन्छ। पात, सानो हाँगा र बोक्रामा साइनोजेनेटिक पदार्थ हुन्छ। फल तीतो हुन्छ। बोक्राको रसलाई ढाड दुखेको उपचार गर्न प्रयोग गरिन्छ। बीजबाट निचोरिएको तेल औषधिको लागि प्रयोग गरिन्छ।
सहरी/कृषि वन प्रयोग
पैयुँलाई माहुरीपालन उन्मुख बहुउद्देश्यीय वृक्षरोपणको लागि सीमान्त भूमि र वरपरका गाउँलेहरूको लागि सिफारिस गरिन्छ। रूख उत्तरी थाइल्याण्डमा एक अग्रगामी प्रजातिको रूपमा रैथाने वन पुनर्स्थापना गर्न पुन: वनीकरण परियोजनाहरूमा रोपिएको छ-यो क्षतिग्रस्त वनमा र खुला क्षेत्रहरूमा विभिन्न अन्य प्रजातिहरूसँग रोपिन्छ, सबै प्रजातिमा छिटो बढ्न सक्ने, घना उत्पादन हुने, झार उम्रिन नदिने वृक्षछत्र हुने; र बीज फैलाउने वन्यजन्तु, विशेष गरी चराचुरुङ्गी र चमेराहरूलाई आकर्षित गर्ने क्षमता हुन्छ।
थप अध्ययन
Tropical Plants Database, Ken Fern. tropical.theferns.info. 2021-04-27.
Joseph, N., Anjum, N., & Tripathi, Y. C. (2018). Prunus cerasoides D. Don: a review on its ethnomedicinal uses, phytochemistry and pharmacology. International Journal of Pharmaceutical Sciences Review and Research, 48(1), 62-69.
Department of Forest, 2011 Species Leaflets for 131 Woody Species.
Jackson, J.K. (1994) Manual of Afforestation in Nepal, FORESC, MOFSC, Kathmandu