Let’s Build Your City

पाँकुरी

June 9, 2021

Ficus glaberrima Blume
अङ्ग्रेजी नाम:
परिवार: Moraceae

उत्पत्तिस्थल र फैलावट

पाँकुरी नेपाल लगायत असम, बर्मा, दक्षिण चीन, अण्डमान टापु, इन्डोचीन र मलेसियामा पाइन्छ। ६०० – १५०० मिटरको उचाइमा हुने यो वनस्पति नेपालमा प्राय: गण्डकी प्रदेश अर्थात् पोखरा वरपर पाइन्छ । यो तराई क्षेत्रमा पनि राम्ररी बढ्छ। यो सामान्यतया पूर्वी क्षेत्रहरूमा जङ्गली अवस्थामा पाइँदैन।

विवरण

यो बलियो हाँगा भएको मझौला प्रकारको रूख हो, र यसलाई तराई क्षेत्रमा छहारीको लागि रोपिन्छ। यस रूख वरपरका विशेषताहरूले गर्मीको समयमा छहारीमुनि शीतल अनुभव प्रदान गर्दछ। यो १५ मिटर भन्दा बढी उचाइको हुन्छ।

प्रसारण 

फललाई पानी भएको बाल्टिनमा निचोरिन्छ र बीजहरू बाल्टिनको पीँधमा जम्मा हुन्छन् र बीज सफा नभएसम्म पानीले पखालिन्छ। बीज या त ट्रे वा जमिनमा लगाइन्छ (एक वर्ग मिटरमा ४ ग्राम)। अंकुरण प्रतिशत अत्यन्तै कम छ। बढेको पत्तेदार बिरुवालाई ३-५ वटा पात भए पछि पोलिपोटमा स्थानान्तरण गर्न सकिन्छ। यो छहारीमुनि बढ्छ। समय समयमा जरा लख्याउनु जरुरी छ। यसलाई २०-२५ सेन्टिमिटर उचाइको हुन कम्तीमा १६-४४ हप्ता नर्सरीमा राख्नुपर्छ।

माटो: यसलाई दोमट माटो चाहिन्छ र तराई क्षेत्रमा मिश्रित बलौटे माटोमा पनि बढ्छ। ओसिलो स्थान पनि खोज्छ।

वानस्पतिक प्रसारण: किसानले सोझै खेतमा रोपेका ठूला कटिङ प्रयोग गरेर पनि यसको प्रसारण गर्छन्: पहिले वानस्पतिक रूपमा प्रसारण गरिएको रूखबाट त्यस्ता कटिङ लिन नहुने उनीहरूको भनाइ छ।

एयर लेयरिङ र ठूला कटिङहरू। दुई वर्ष पुराना हाँगाहरू फेब्रुअरी-मार्चमा वरिपरि ताछेर माटो र कम्पोस्टको प्रशस्त ओसिलोले छोपिन्छन्, जसलाई ओसिलो राख्नुपर्छ। जरा बनिसकेपछि, हाँगा काटेर मनसुनको सुरुमा खेतमा रोपिन्छ।

सहरी र कृषि वन प्रयोग

यसले तराई र गर्मी मौसममा राम्रो डालेघाँस र छहारी पनि प्रदान गर्दछ। तराईका सडकको किनारमा र केही कार्यालय परिसरमा यो राम्रो छहारीको रूखको रूपमा देख्न सकिन्छ।

एयर लेयरिङ र ठूला कटिङहरू। फेब्रुअरी-मार्चमा दुई वर्ष पुराना हाँगाहरू गोलाकार घेरा बनाएर बोक्रा ताछिन्छ र ताछिएका हाँगाहरू ओसिलो माटो र कम्पोस्टले ढाकिन्छन्, जसलाई ओसिलो राख्नुपर्छ। जरा लगाइसकेपछि, हाँगा काटेर मनसुनको सुरुमा खेतमा रोपिन्छ।

थप अध्ययन

Department of Forest, 2011 Species Leaflets for 131 Woody Species. 
Jackson, J.K. (1994) Manual of Afforestation in Nepal, FORESC, MOFSC, Kathmandu